तरकारी बारीमै चल्यो ट्र्याक्टर !

तरकारी बारीमै चल्यो ट्र्याक्टर !
चितवन । लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न सुरु गरेका हुन् । खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि खेतमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएको बताए । यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी ...

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको छ । ती मौसम...

एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित
भद्रपुर । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिहीबारमात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना सङ्क्रमित पुष्टि भएको छ । यसअघि ४८ सङ्क्रमित पुष्ट...

पश्चिम रुकुममा मृतकको संख्या पाँच पुग्यो, अझै एक बेपत्ता

पश्चिम रुकुममा मृतकको संख्या पाँच पुग्यो, अझै एक बेपत्ता
जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभीरमा फेला परेको छ । योसँगै पाँच जनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो । गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज ...

नेपालमा १५६ सहित कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, १८७ निको भई घर फर्किए

नेपालमा १५६ सहित कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, १८७ निको भई घर फर्किए
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जिल्लामा १५६ मा सङ्क्रमण देखिएको जानकारी दिए । नयाँसँगै सङ्क्रमितको सङ्ख्या एक हजार ४२ पुगेको छ । आज देखिएका सङ्क्रमितको सङ्ख्या एकैदिन देखिएको अहिलेसम्मकै सबभ...

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वृद्धि गरी रु ९० अर्ब ६९ करोड पुर्‍याएको बताए । उनले सबै नेपालीमा स्वास्थ्य सेवा पु¥याउन, गुणस्तरीय स्वास्थ्य सेवा राख्न, स्वास्थ्य क्षेत्रको दायरा विस्तार गर्न, स्वास्थ्य क्षेत्रको पूर्वाधा...

कोरोना नियन्त्रणका लागि छ अर्ब बजेट विनियोजन

कोरोना नियन्त्रणका लागि छ अर्ब बजेट विनियोजन
काठमाडौँ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज संघीय संसदमा बजेट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु छ अर्ब बजेट व्यवस्था गरिएको बताए । उनले बजेट भाषणमा कोरोना सङ्क्रमणको रोकथाम र नियन्त...

गण्डकी प्रदेशमा करेन्ट लागेर दुईको मृत्यु

गण्डकी प्रदेशमा करेन्ट लागेर दुईको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा आज बिहान फेला परेको हो । त्यसैगरी आजै तनहुँमा एक जनाको करेन्ट लागेर ...

आगामी आवको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत

आगामी आवको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए । गत वर्ष चालू आवका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेस भएको थियो । कुल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलब ४ प्र...

कोभिड-१९ : विश्वभर ५८ लाख ३४ हजार संक्रमित, २५ लाख २७ हजार डिस्चार्ज

कोभिड-१९ : विश्वभर ५८ लाख ३४ हजार संक्रमित, २५ लाख २७ हजार डिस्चार्ज
पेरिस । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५८ लाख ३४ हजार पुगेको छ । गत डिसेम्बरदेखि बिहीबार रातिसम्ममा निको हुनेको संख्या विश्वभर २५ लाख २७ हजार पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अहिलेसम्म विश्वभर तीन लाख ५८ हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घन्टा...