जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६३ हजार ९०५ पुगेको छ भने संक्रमितको संख्या ५९ लाख ६३ हजार ३३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २६ लाख २८ हजार ५३९ जना निको भएका छन् । विश्वभरीमा २९ लाख ७० हजार १७४ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ६८३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ७५ हजार ६९८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ३ हजार ६७१ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ७ लाख ६१ हजार ८०४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३६ हजार ८०२ जनाको मृत्यु भएको छ । युरोपमा १९ लाख ८५ हजार ९५१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७२ हजार ४५५ को मृत्यु भएको छ ।

एसियामा १० लाख ७९ हजार १९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ६४९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३३ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने ३ हजार ८७१ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ७८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ । एएफपी

तपाईको प्रतिक्रिया