प्रदेश नं २ मा कोरोना सङ्क्रमित ४०० पुगे

प्रदेश नं २ मा कोरोना सङ्क्रमित ४०० पुगे
जनकपुरधाम । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो । गत मङ्गलबारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पछिल्लोपटक सङ्क्रमण पुष्टि भएकाहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तर...

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो
जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घन्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । थपिएका नयाँ सङ्क्रमितमा रौतहटका ३५, बारामा एक महिलासहित आठ, सप्तरीमा एक महिलासहित ११ र सिरहाका दुई जना छन् । मुलुकभ...

श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् । घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएपछि उनकी पत्नी पार्वतीलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी ...

लकडाउन पालना नभएपछि बाँकेमा अनिश्चितकालीन कर्फ्यु जारी

लकडाउन पालना नभएपछि बाँकेमा अनिश्चितकालीन कर्फ्यु जारी
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा कर्फ्यु जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम ...

भारतमा एकैदिन सात हजार बढीमा संक्रमण, संक्रमितको संख्या एक लाख ५८ हजार नाघ्यो

भारतमा एकैदिन सात हजार बढीमा संक्रमण, संक्रमितको संख्या एक लाख ५८ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा बुधबार एकैदिनमा ७ हजार २९३ जना कोरोना संक्रमित थप भएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ५३४ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६७ हजार ९९२ जना रहेको पन...

थप ८० सहित कोरोना संक्रमितको संख्या ९८१ पुग्यो

थप ८० सहित कोरोना संक्रमितको संख्या ९८१ पुग्यो
चितवन । चितवनको भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा नमुना परीक्षण गरिएका थप एक जनासहित बिहीबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतको हरिद्वारबाट नेपाल आई नवलपुरको बर्दघाट (सुस्ता) पूर्व देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका देवचुली १ नवलपुरका वर्ष १९ का युवाको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको भरतपुरस्थित कोरोना विशेष अस्...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख १५५२ नंको टेलर एकापसमा ठोक्किँदा एक चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन...

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्त...

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु
काठमाडौँ । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुर्ख्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए । सुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म ...

सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना

सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले आज एक शुभकामना सन्देशमार्फत नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र६३ को सफलतापश्चा...