जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध
टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गरेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताए । जापानले यसअघि नै ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । प्रधानमन्त्री आबेले ...

राजधानीमा अड्किएका नुवाकोटवासीलाई जिपी फाउन्डेसनद्वारा निःशुल्क यातायातको व्यवस्था

राजधानीमा अड्किएका नुवाकोटवासीलाई जिपी फाउन्डेसनद्वारा निःशुल्क यातायातको व्यवस्था
काठमाडौँ । पाँच सातादेखिको लकडाउनका कारण राजधानीमा अड्किएका र दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका नुवाकोटवासीलाई घर फर्कन सघाउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउन्डेसन) नुवाकोटले काठमाडौंदेखि नुवाकोटका विभिन्न स्थानसम्म निःशुल्क यातायातको व्यवस्था गरेको छ । नेपाली काँग्रेसका युवानेता तथा महासमिति सदस्य रमेशकुमार महतको क्रियाशीलता र जिल्लाका स्थानीय तहहरू...

राजधानीमा कार्यान्वयनमा आएन घरभाडा छूट

राजधानीमा कार्यान्वयनमा आएन घरभाडा छूट
–सिबी अधिकारी सञ्चिता घिमिरे काठमाडौँ । शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाडा माझ्नेगरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौँको बसाइ कठिन भएपछि उनी गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै थिइन् । घरभेटीले जानुअघि चैतको भाडा नतिरी फ...

काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
काठमाडौँ । अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौँमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ बस पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने विषय अझै किनारा लाग्न सकेको छैन । काठमाडौँबाट कञ्चनपुर, कैलालीलगायतका जिल्लामा जान काठमाडौँमै रहेर प्रतिनिधिसभा सदस्यदेखि पूर्वमन्त्री, राजनीतिक दलका न...

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २८ हजार नजिक

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २८ हजार नजिक
नयाँ दिल्ली । भारतमा गएको २४ घन्टायता एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । हालसम्म ८८४ जनाले ज्यान गुमाइसकेका छन् । सोमबार दिउँसोको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २७ हजार ९७७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा देखिएका संक्रमितहरूमध्ये ६ हजार ५२३ जना भने उपचारपछि निको भएर फर्किएका छन् ...

कोरोना अपडेटः विश्वभर २९ लाख ९४ हजार बढी संक्रमित, दुई लाख सात हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर २९ लाख ९४ हजार बढी संक्रमित, दुई लाख सात हजारको मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर दुई लाख सात हजारको मृत्यु भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट २९ लाख ९४ हजार ७२२ संक्रमित भएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १९ लाख ९ हजार २७ रहेका छन् भने ८ लाख ७८ हजार ७०७ जना निको भई घर फर्किएका छन् । कुल बिरामीमध्ये ५७ हजार ६०२ को अवस्था चिन्ताजनक रहेको...

लकडाउन अन्त्यको दुई सातापछि एसइईको तयारी

लकडाउन अन्त्यको दुई सातापछि एसइईको तयारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर पर...

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
काठमाडौँ । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो । एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपा...

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो
काठमाडौँ । नेपालमा आइतबार थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । यस्तै, विरा...

लकडाउन वैशाख २५ गतेसम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

लकडाउन वैशाख २५ गतेसम्म गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न गर्दै आएको बन्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गते मध्यरातिसम्म थप १० दिन बन्दाबन्दी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युव...