अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु हुँदै आएको देखिएको छ । कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरका अनुसार बिहीबार दिउँसोसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार २४३ पुगेको छ । अमे...

‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान

‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान
चितवन । कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ । केही समयदेखि हात्ती प्रजनन केन्द्र खोरसोर रहँदै आएको मौका पारी रेडियोकलर जडान गरी ट्रया...

भूकम्पका पाँच वर्ष पुनःनिर्माण सुस्त

भूकम्पका पाँच वर्ष पुनःनिर्माण सुस्त
– नारायण अधिकारी चितवन । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्दा जिल्लामा पुनःनिर्माणको काममा आशातित प्रगति हुन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले दिएको जानकारीअनुसार जिल्लामा ६६ दशमलव ९१ प्रतिशत लाभग्राहीले मात्र निजी आवास निर्माणको काम सम्पन्न गरी तेस्रो किस्तावापतको रकम भुक्तानी पाएका छन् ।...

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु
उदयपुर । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी...

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण
काठमाडौँ । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता संगठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेक...

ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा

ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा
तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ । व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । सामान ल्याउन प्रयोग गरिएको ग१क ३५१२ नम्बर ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । कोभिड–१९ लाई ध्यान...

बेलायतमा थप तीन नेपालीको मृत्यु

बेलायतमा थप तीन नेपालीको मृत्यु
लण्डन । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए थिए भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उ...

कोरोना निको भएका युवालाई धादिङबेँसीमा स्वागत

कोरोना निको भएका युवालाई धादिङबेँसीमा स्वागत
धादिङ । कोरोना भाइरसको उपचारपछि निको भएर घर आएका युवालाई भव्य स्वागत गरिएको छ । कोरोनाको उपचारपछि धादिङबेँसी आइपुगेपछि जिल्ला अस्पताल धादिङमा फूलमाला र खादा लगाएर स्वागत गरिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज गरिएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–२ का ३२ वर्षीय उरबहादुर तामाङलाई धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले धादिङबेँसी ल्या...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
भक्तपुर । अरनिको राजमार्गखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्त...

साउदी अरबमा कोरोनाका कारण ११ भारतीयको मृत्यु

साउदी अरबमा कोरोनाका कारण ११ भारतीयको मृत्यु
रियाद । साउदी अरबमा एघार भारतका एघार नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । “यही अप्रिल २२ सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा चार, मक्कामा तीन, जेदामा दुई गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ,” राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । राजदूतावासले भनेको छ, “कोभिड–१९ को सङ्क्रमणबाट सिर्जि...