माडी नगरपालिकालाई खाद्यान्न राहत हस्तान्तरण

माडी नगरपालिकालाई खाद्यान्न राहत हस्तान्तरण
अजित अधिकारी चितवन । विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरस महामारीका कारण यसबाट बच्न अहिलेको अवस्थामा लकडाउन नै एकमात्र विकल्प रहेको हुँदा यस्तो विषम परिस्थितिबाट जोगिन सरकारले लकडाउनको घोषणा गरेपछि काम गरेर खाने गरिब, विपन्न, असहाय, मजदुरहरुलाई समस्या परेको छ । यस्तो अवस्थामा दीनदुखी गरिबहरुको समस्यालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ चितवन र उद्योग वाण...

झापाका ६२ वर्षीय वृद्धलाई कोरोना संक्रमण

झापाका ६२ वर्षीय वृद्धलाई कोरोना संक्रमण
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक व्यक्ति थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो । उनको आइसोलेसनमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रव...

कोरोना परीक्षणको दायरा बढाइँदै

कोरोना परीक्षणको दायरा बढाइँदै
– शरद शर्मा काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको अवस्थामा सिल गरेर परीक्षण गर्ने भएको हो । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिले प्रदेश नं १ र २ मा जोखिम बढेकाले ती क्षेत्रका सङ्क्रमित ठाउँ र अन्य सङ्क्रमित ठाउँलाई ...

कोरोना रोकथाम गर्न बागमती प्रदेशको नौ करोड ९३ लाख निकासा

कोरोना रोकथाम गर्न बागमती प्रदेशको नौ करोड ९३ लाख निकासा
हेटौँडा । बाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई रु एक करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई रु २० लाख, धुलिखेल नगरपालिकामार्फत धुलिखेल अस्पताललाई रु २० लाख, सामाजिक ...

कोरोना जोखिम हुन नदिन बाग्मती प्रदेशको योजना सार्वजनिक

कोरोना जोखिम हुन नदिन बाग्मती प्रदेशको योजना सार्वजनिक
हेटौँडा । बाग्मती प्रदेशको कोभिड संकट व्यवस्थापन समितिले कोरोना भाइरसको जोखिम हुन नदिन तयार पारेका विभिन्न योजना सार्वजनिक गरेको छ । कोरोनाविरुद्धको अभियानलाई छरितो र प्रभावकारी बनाउन ठोस निर्णयहरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आज सार्वजनिक १४ बुँदे योजनामा उद्धार, राहत तथा उपचारलगायतका महत्वपूर्ण विषयवस्तु समेटिएका छन् । वैशाख १५ गतेसम्मका ल...

कोभिड–१९ : हालसम्म ४७ हजारको परीक्षण

कोभिड–१९ : हालसम्म ४७ हजारको परीक्षण
काठमाडौँ । कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घन्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको...

२७ जना विदेशीको नतिजा नेगेटिभ

२७ जना विदेशीको नतिजा नेगेटिभ
चितवन । जिल्लाका विभिन्न मस्जिदमा रहेका २७ विदेशी मुसलमान समुदायका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । भट्टका अनुसार जिल्लाका विभिन्न मस्जिदमा १९ भारतीय र आठ जना पाकिस्तानी मुस्लिम समुदायका व्यक्ति रहेका छन् । उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पनि पहिचान गरी र्‍यापिड ड...

राहत वितरणका विषयमा प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

राहत वितरणका विषयमा प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
परासी । प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा एक प्रहरी सहायक निरीक्षक घाइते भएका थिए । राहतमा विभेद गरेको भन्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न पुगेका प्रहरीसँग स्थानीयवासीको...

लियो क्लब अफ चितवन पर्सामा अधिकारी चयन

लियो क्लब अफ चितवन पर्सामा अधिकारी चयन
चितवन । लियो क्लब अफ चितवन पर्साको अध्यक्षमा सन्दीप अधिकारी चयन भएका छन् । शुक्रबार भएको क्लबको चौंथो अधिवेशनबाट वर्ष २०२० र २१ का लागि नयाँ समिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा नितिन बस्नेत, सचिवमा अनिशा सुवेदी र कोषाध्यक्षमा रोशन तिवारी चयन भएका छन् । हाल विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा लकडाउनको नियम पालना गर्दै अनलाइन भिडियोबाट अधिवेशन गरिएको र बाँकी ...

कोभिड १९ : विश्वभर २७ लाख ३४ हजार संक्रमित, एक लाख ९१ हजार १८९ को मृत्यु

कोभिड १९ : विश्वभर २७ लाख ३४ हजार संक्रमित, एक लाख ९१ हजार १८९ को मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट शुक्रबार दिउँसोसम्म विश्वभर एक लाख ९१ हजार १८९ जनाको मृत्यु भएको छ । यस महामारीबाट विश्वभर २७ लाख ३४ हजार १०२ मानिस संक्रमित भएका छन् । विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १७ लाख ९१ हजार ५०५ रहेका छन् भने ७ लाख ५१ हजार ४०८ जना निको भई घर फर्किएका छन् । कुल बिर...