लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ
जनकपुर । जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएअनुसार पक्राउ पर्नेमा जनकपुरधाम–४ का ३६ वर्षीय राजेशकुमार झा रहेका छन् ।...









