लकडाउन उल्लंघन गर्ने ४९ जना दिनभर होल्डमा

लकडाउन उल्लंघन गर्ने ४९ जना दिनभर होल्डमा
चितवन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधन तथा मानिसहरुलाई इलाका प्रहरी कार्यालय रत्ननगरले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । आइतबार बिहानसम्म एक महिलासहित ४९ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बेलुकीसम्म होल्डमा राखिने प्रहरीले जनाएको छ । आइतबार १२ वटा साइकल, एक स्कुटरलाई नियन्त्रणमा ...

चितवन र नवलपुरका स्वास्थ्य संस्थालाई लायन्स क्लबको पिपिई सहयोग

चितवन र नवलपुरका स्वास्थ्य संस्थालाई लायन्स क्लबको पिपिई सहयोग
चितवन । लायन्स क्लबले चितवन र नवलपुरका सहकारी अस्पताल र स्वास्थ्यचौकीहरुलाई पिपिई र सेनिटाइजर सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ नेपालले रत्ननगर अस्पताल, पिठुवामा रहेको अस्थायी कोरोना आइसोलेसन केन्द्र, कालिका स्वास्थ्यचौकी, इच्छाकामना स्वास्थ्यचौकी र नवलपुरको कावासोती अस्पताललाई पिपिई र सेनिटाइजर प्रदान गरिएको लायन्स क्लबका एरिया ३ का चिफ प्रकाशचन्द्र ...

स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा, एक घर फिर्ता

स्याङ्जामा ३९८ जना क्वारेन्टाइनमा, एक घर फिर्ता
स्याङ्जा । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या स्याङ्जामा करिब चार सय पुगेको छ । क्वारेन्टाइनमा बस्दै आएका एक जना भने घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका ११ वटै पालिकामा विभिन्न स्थानमा निर्माण गरिएका होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्या ३९८ पुगेको हो । तीमध्ये २७ जना क्वारेन्टाइनमा छन् भने एक जना सेल...

रामपुरमा १३५ नागरिक होम क्वारेन्टाइनमा

रामपुरमा १३५ नागरिक होम क्वारेन्टाइनमा
पाल्पा । भारतलगायत विभिन्न मुलुकबाट फर्केका १३५ जना रामपुर नगरपालिकामा होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट सजग रहन नगरपालिकामा बाहिरबाट भित्रिएका १३५ जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । वडावडामा विदेशबाट फर्केका नागरिकको लगत सङ्कलन गरी उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको नगर प्रमुख रमणबहादुर थाप...

नुवाकोटमा २४४ क्वारेन्टाइन स्थापना

नुवाकोटमा २४४ क्वारेन्टाइन स्थापना
नुवाकोट । कोभिड–१९को संक्रमण नफैलियोस् भन्ने उद्देश्यले शंका लागेका तथा मिल्दोजुल्दो लक्षण देखिएका एवम् विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोटमा २४४ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्नबाट रोक्न शंकास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका बाह्रै स्थानीय तहले आवश्यकताका आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याइ...

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो
सिरहा । कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडेको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिए । ...

प्रदेश ५ मा २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

प्रदेश ५ मा २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ
बुटवल । प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको जानकारी दिए । उनका अनुसार १३ जनामध्ये केहीको रिपोर्ट आउन बाँकी र...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे६प १८३० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिP ।...

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने
ललितपुर । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । नगरपालिका प्रमुख गजेन्द्र महर्जन...

कोभिड १९ : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी

कोभिड १९ : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
भद्रपुर । झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ । जसमध्ये चार आइसीयूमा भर्ना छन् । चिकित्सक र अन्य स्वास्थ्यकर्मी भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को रूपमा उपयोग गर्दै बिरामीको उपचारमा खटिन बाध्य छन् । अस्पतालका निर्...