अलपत्र परेकाको उद्धार भइरहेको छ : गृह मन्त्रालय
काठमाडौँ । विभिन्न क्षेत्रमा अलपत्र परेका व्यक्तिहरुको उद्धार गरी गन्तव्यमा पठाउने कार्य तीब्ररुपमा अघि बढेको गृह मन्त्रालयले जनाएको छ । मुलुकका विभिन्न स्थानमा अलपत्र परेको स्वदेशी र विदेशी नागरिकलाई हवाई वा स्थल सवारीसाधनबाट उद्धार गर्ने कार्य भइरहेको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
मुस्ताङ, कास्की, सोलुखुम्बुलगायतका विभिन्न जिल्लाबाट संस्कृति, पर्यटन तथा नागर...









