काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण शुक्रबारसम्म २४ हजार ७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा कोरोना भाइरससम्बन्धी विवरण संकलन गर्दै आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार विश्वभर पाँच लाख ३१ हजार ८१९ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
जसमा एक लाख २३ हजार ९४२ जना उपचारपछि घर फर्किएका छन् । तीन लाख ८३ हजार ८०४ व्यक्तिको हाल उपचार भइरहेको छ । जसमा १९ हजार ३५७ जनाको अवस्था जटिल रहेको समाचारमा जनाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १९९ भन्दा बढी देशमा देखा परिसकेको छ । कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
चीनमा हालसम्म ८१ हजार ३४० व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२९२ पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७४ हजार ५८८ जना उपचारपश्चात् घर फर्किसकेका छन् । अब जम्मा संक्रमित ३४६० जनाको उपचार जारी छ । जसमध्ये १०३४ को अवस्था गम्भीर छ ।
अमेरिकामा कोरोना भाइरसको प्रकोप उच्च गतिमा बढिरहेको छ । एकै दिन १७ हजार १७९ संक्रमित थपिएपछि अहिले संक्रमितको संख्या ८५ हजार ३९० पुगेको छ भने १२९५ जनाले ज्यान गुमाएका छन् ।
इटाली पनि कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न असफल भएको छ । पछिल्लो संक्रमणको तीव्रता हेर्दा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म ८० हजार ५८९ जना संक्रमित भएकोमा ८२१५ जनाको ज्यान गएको छ । पछिल्लो चौबीसघन्टामा इटालीमा ७१२ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५७ हजार ७८६ व्यक्ति संक्रमित छन् भने हालसम्म ४३६५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा एकैदिन ७१८ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, जर्मनीमा ४३ हजार ९३८ संक्रमित छन् भने २६७ जनाको मृत्यु भएको छ । इरानमा २९ हजार ४०६ जना संक्रमित भएकोमा २२३४ जनाले ज्यान गुमाएका छन् । इरानमा एकै दिन १५७ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, फ्रान्समा २९ हजार १५५ संक्रमित भएकोमा १६९६ जनाले ज्यान गुमाएका छन् । ३६५ जना नयाँ मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा ११ हजार ८११ संक्रमित छन् भने १९२ जनाको ज्यान गएको छ । युकेमा ११ हजार ६५८ संक्रमित भएकोमा ५७८ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा ९२४१ जना कोरोनाबाट प्रभावित छन् भने १३१ जनाको मृत्यु भएको छ ।
नेदरल्याण्ड्समा ७४३१ संक्रमित भएकोमा ४३४ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ६९०९ संक्रमित भएकोमा ४९ जनाको ज्यान गएको छ । बेल्जियममा ६२३५ संक्रमित भएकोमा २२० जनाको मृत्यु भएको छ । यस्तै, नर्वेमा १४, क्यानडामा ३६, पोर्चुगलमा ६०, डेनमार्कमा ३४, अस्ट्रेलियामा १३, स्वीडेनमा ७७, ब्राजिलमा ७७ जनाको मृत्यु भएको छ । जापानमा १३८७ संक्रमित छन् भने ४७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा पनि तीन व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले मंगलबारदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । एजेन्सीहरुको सहयोगमा