अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बढ्दै
पोखरा- नेपाल भ्रमण वर्ष २०२० मा चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक विस्तारै बढ्न थालेका छन् । चिसोका कारण मुश्किलले पाँच/छ जना आउने गरेको यस पदमार्गमा गर्मी सुरुपछि पर्यटक बढेका हुन् ।
केही दिनबाट पर्यटक बढ्न थाले पनि यस पदमार्गका होटल व्यवसायी भने खुसी छैनन् । गतवर्ष यही मौसममा यो भन्दा दोब्बर पर्यटक आएको र यस वर्ष कोरोना भाइरसले पर्यटक कम आउँदा व्यवसाय विगतका वर्षमा झै...









