गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवनमा
भरतपुर । वैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा बिहीबार गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर आइपुगेका छन् । बुधबार दिउँसो गठबन्धनको विराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाई मार्ग हुँदै उनी चितवन आइपुगेका हुन् । बिहीबार भरतपुरको साझा बसपार्कमा हुने चुनावी सभालाई द...

रत्ननगर-९ मा माओवादीले गठबन्धन नमान्ने

रत्ननगर-९ मा माओवादीले गठबन्धन नमान्ने
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ मा माओवादी केन्द्रले गठबन्धनको निर्णय नमान्ने भएको छ । बुधवार सो पार्टीको वडा कमिटीले एक विज्ञप्ती जारी गरी गठबन्धनको निर्णय नमान्ने र वडामा मित्रबत प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाएको छ । वडा नं ९ मा वडाध्यक्ष सहित वडासदस्यहरुले उमेदवारी दिएर घरदैलो गरिरहेको र पार्टीको जितको आधार तयार भइसकेकोले एकल चुनाब लड्ने निर्णय भएको विज...

रत्ननगर वडा नं १ मा राप्रपाको घरदैलो

रत्ननगर वडा नं १ मा राप्रपाको घरदैलो
रत्ननगर, बैशाख २१ । रत्ननगर नगरपालिका वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरुले जनतासंग भोट माग्न घरदैलो गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन । वडाध्यक्ष पदका उमेदवार रामचन्द्र चौधरी,खुल्ला सदस्यका उमेदवारहरु सागर उपाध्याय, जालसिंह चौधरी,महिला सदस्यकी उमेदवार सृजना केसी कुँ...

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता
क्षेत्रपुर ः स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा भरतपुर महानगरका सबै वडाहरुमा उम्मेद्वारहरले घरभेटलाई तीब्रता पारेका छन् । महानगरको महत्वपूर्ण स्थानमा रहेको भरतपुर २ का उम्मेद्वारहरु आजभोली साँझ विहान मतदाताको घर दैलोमा जाने गरेका छन् । वडाध्यक्षका उम्मेद्वार मनोज रानाभाट गठबन्धनको जीत सुनिश्चित गर्ने गर घर भेटमा लागेको बताउँछन् । उनी आफ्नो टीमको एक जना सदस्य पनि निर्...

खैरहनीमा गठबन्धनको घरदैलो अभियान तिब्र, स्थानिय भन्छन्ः वडा कार्यालय नभएर दुःख पाइयो

खैरहनीमा गठबन्धनको घरदैलो अभियान तिब्र, स्थानिय भन्छन्ः वडा कार्यालय नभएर दुःख पाइयो
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा गठबन्धनको घरदैलो अभियान तिब्र बनेको छ । गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार सशी खनिया र उप–मेयरमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मि ढकालले आफ्नो घरदैलो अभियानलाई तिब्र पारेका छन् । सोही अनुरुप आज (बुधवार) खैरहनी नगरपालिका वडा नं. ६, ७ र १० मा गठबन्धनको घर दैलो अभियान सम्पन्न भएको छ । घरदैलो अभियान चलि रहदा खैरहनी वडा ...

खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त

खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त
चितवन । चितवनको खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरुले मङ्गलबार घरदैलो गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनिया र नेकपा माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार नारद बरुवाल सहितका उमेदवारहरुले घरदैलो गरी मत मागेका हुन । गठबन्धनबाट वडा सदस्यका उमेदवारहरु बाहादुर गुरुङ्ग , राम बाहादुर थापा...

गठबन्धनका उम्मेदवार सापकोटा र घिमिरेले गरे अग्रजको आर्शीवाद लिएर घरदैलो अभियानको सुरुवात

गठबन्धनका उम्मेदवार सापकोटा र घिमिरेले गरे अग्रजको आर्शीवाद लिएर घरदैलो अभियानको सुरुवात
महेश पाण्डे चितवन । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा रत्ननगर नगरपालिकाको गठबन्धनबाट मेयर पदका उम्मेदवार प्रल्हाद सापकोटा तथा उप–प्रमुख पदका उम्मेदवार बद्री घिमिरेले अग्रजको आर्शीवाद लिएर चुनावी अभियानको सुरुवात गरेका छन् । रत्ननगर–१ मा रहेको हरिहर मन्दिरमा स्वस्ति वाचन सहित अग्रजको आर्शीवाद लिएर सापकोटा र घिमिरेले गठबन्धनको चुनावी अभियानको सुरुवात गरेका हुन् । ने...

रत्ननगरमा नेकपा एमाले वडा नं. १० को घरदैलो कार्यक्रम अगाडी बढ्दै

रत्ननगरमा नेकपा एमाले वडा नं. १० को घरदैलो कार्यक्रम अगाडी बढ्दै
चितवन । रत्ननगरमा नेकपा एमाले वडा नं. १० को घरदैलो कार्यक्रम अगाडी बढी रहेको छ । वडा नं. १० बाट नेकपा एमालेका उम्मेदवार सन्देश पाठकको नेतृत्वमा घरदैलो कार्यक्रम अगाडी बढेको हो । पाठकले “ कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार, वडा नं. १० को मुुख्य आधार” भन्ने नारालाई आत्मसाथ गर्दै घरदैलो कार्यक्रमलाई अगाडी बढाइएको जानकारी दिए । उनले हरेक दिन जसो वडावासीको घरदैलोमा आफुहरु जान...

नेपाल टेलिकम वर्कसको अध्यक्षमा अधिकारी

नेपाल टेलिकम वर्कसको अध्यक्षमा अधिकारी
चितवन नेपाल टेलिकम वर्कस युनियन भरतपुरको अध्यक्षमा सुरेश अधिकारीको निर्वाचित भएका छन् । नेपाल टेलिकम भरतपुरको वर्कस इकाई दशौं इकाई अधिवेशनले अधिकारीको नेतृत्वमा सात सदस्य रहेको नयाँ समिति निर्विरोध चयन गरेको हो । अधिवेशनले सचिवमा लिला कट्टेल पौडेल , र कोषाध्यक्षमा गंगा प्रसाद न्यौपाने निर्वाचितन भएको निर्वाचन अधिकृत गेहेन्द्र सुवेदलिे जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक...

रत्ननगरको मेयरमा एमालेबाट दुवाडी र उप–मेयरमा पाठकले गरे उम्मेदवारी दर्ता

रत्ननगरको मेयरमा एमालेबाट दुवाडी र उप–मेयरमा पाठकले गरे उम्मेदवारी दर्ता
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाको मेयरमा एमालेबाट विमला दुवाडी र उपमेयरमा यादव पाठकको उम्मेदवारी दर्ता गरेका छन् । दुवाडी र पाठकले रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । बिमला दुवाडी नगरको निवर्तमान उप–मेयर हुन् भने पाठक नेकपा एमालेको नगर इन्चार्ज रहेका छन् ।