रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रमसँगै एक अर्ब ३३ करोड ७२ लाखको बजेट सार्वजनिक
रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार नगरकार्यपालिकाको सभाहलमा आयोजित १३औँ नगरसभामा नगरप्रमुख सापकोटाले १६ वटा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरप्रमुख सापकोटाले नगरक्षेत्रका मुख्य सडक र चोकहरुमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने, स्थानीय समावेशी सरसफाइ कार...









