‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भीड, उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह बढ्दो
चितवन, भदौँ ६–
भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो ।
फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूज...









