बालबालिकामा कोरोनाको डरः अभिभावकले समय दिनुपर्ने सुझाव
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए । साजनको मनमा एक किसिमको डर थियो कोरोना ।
लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्दगी सकिन्छ भन्ने मनोभाव लिएर करिब एक महिना चिन्तामा बसेका उनका अभिभावकले अनेक प्रयासले सम्झाएपछि बल्ल उनी निडर बन्न थाल...








