२५७१ जनामा कोरोना पुष्टि, १७९८ जना डिस्चार्ज, एकैदिन १८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा सोमबार थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप २१ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १७९८ जना उपचारपछि न...







