समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन
तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी ...

काठमाडौँको कलङ्कीमा दुर्घटना, तीनको मृत्यु

काठमाडौँको कलङ्कीमा दुर्घटना, तीनको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्को ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो । उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन ताम...

समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिने

समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिने
काठमाडौँ । डिभिजन सडक कार्यालय काठमाडौँले समयमा काम नसक्ने रुग्ण ठेक्काका अवस्था बुझेर ठेकेदारलाई कारबाहीको प्रक्रिया सुरु गरेको छ । डिभिजनअन्तर्गत विभिन्न कारणले समयमा सम्पन्न नभएका ३२ ठेक्का रहेका छन् । ती ठेक्कामा संलग्न निर्माण कम्पनीसँग सम्पर्क गरेर ढिलाइको बारेमा बुझ्न थालिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए । उनका अनुसार तीमध्ये धेरै व्यवसायी सम्पर्कमा समेत आइर...

थप २५६९ सहित संक्रमितको संख्या दुई लाख नाघ्यो, एकैदिन २६ जनाको मृत्यु

थप २५६९ सहित संक्रमितको संख्या दुई लाख नाघ्यो, एकैदिन २६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा आज बुधबार २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६२ हजार २४३ पुगेको छ । हाल क्वारेन्टाइनमा १ हजार १०९ र आइसोलेसनमा...

ठक्कर दिएर भागेको गाडी नियन्त्रणमा, मजदुरको मृत्यु

ठक्कर दिएर भागेको गाडी नियन्त्रणमा, मजदुरको मृत्यु
काठमाडौँ । पैदलयात्रीलाई ठक्कर दिइ फरार बस चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौँको थानकोटमा तरकारी बोकेर बाटो काट्दै गर्दा बाजुराका २५ वर्षीय नविन लोहारलाई ठक्कर दिई फरार भएको ना ५ ख ८४७४ नम्बर बसलाई आज नियन्त्रणमा लिइएको हो । त्यसका चालक सर्लाही हरिवन नगरपालिकाका ३४ वर्षीय सुनिल श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरी ...

बाटो हिँडिरहेको महिलाको गरगहना लुट्ने बाह्र वर्ष जेल चलान

बाटो हिँडिरहेको महिलाको गरगहना लुट्ने बाह्र वर्ष जेल चलान
त्रिशूली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् ।अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् । तामाङले २०७३ साल भदौ...

मंगलबार थपिए २७३६ संक्रमित, ८५३ जना डिस्चार्ज, २२ जनाको मृत्यु

मंगलबार थपिए २७३६ संक्रमित, ८५३ जना डिस्चार्ज, २२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा आज मंगलबार २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६० हजार ५७७ पुगेको छ । हाल क्वारेन्टाइनमा १ हजार ५८ र आइसोलेसनमा ...

झुक्याएर भारत लैजान लागिएका १२ युवतीको उद्धार

झुक्याएर भारत लैजान लागिएका १२ युवतीको उद्धार
काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको सोमबार उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् । सिराहा र सर्लाही...

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
त्रिशूली । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो । काठम...

सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेपछि स्थानीयमा खुसियाली

सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेपछि स्थानीयमा खुसियाली
परासी । सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पु¥याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा ब...