नेपालमा प्रत्येक दुई घन्टामा एक सङ्क्रमितको मृत्यु
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घन्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।
भदौ सुरु भएयता १२ दिनमा कोरोनाबाट ८२ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणब...









