अधिकांश बलात्कारका घटनामा न्याय नपाउने डरले बयान फेर्छन् महिला
घोराही । २८ वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए ।
घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालत...









