रत्ननगर महोत्सब अन्तर्गत पौष २९ देखि फुड फेस्टिभल, हरेक साँझ कलाकारको प्रस्तुति रहने

रत्ननगर महोत्सब अन्तर्गत पौष २९ देखि फुड फेस्टिभल, हरेक साँझ कलाकारको प्रस्तुति रहने
महेश पाण्डे चितवन । यहि पौष २७ गते देखि माघ ८ गते सम्म पूर्वी चितवनको टिकौली चौँरमा हुने रत्ननगर महोत्सबको तयारी पूरा भइरहदा अर्काे आकर्षक पक्षको रुपमा रहेको चिकन एण्ड एग फुड फेस्टिभलको तयारी पनि पूरा भएको छ । रत्ननगर–१, सौराहा चोकमा रहेको नया बसपार्क भित्र हुने चिकन एण्ड एग फुड फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको फेस्टिभल संयोजक राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । ...

रत्ननगरका सामुदायिक विद्यालयमा गुणस्तर सुधार भएको निष्कर्ष

रत्ननगरका सामुदायिक विद्यालयमा गुणस्तर सुधार भएको निष्कर्ष
चितवन २१ पुस । रत्ननगर नगरपालिकाका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार हुँदै गएको निष्कर्ष निकालिएको छ । शैक्षिक गुणस्तर सुधारमा भएका प्रयासहरुको विषयमा छलफल गर्न बुधवार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै जानुले गुणस्तर सुधार भएको निष्कर्ष निकालिएको हो । रत्ननगरमा दुई बर्षमा मात्र सामुदायिक विद्यालयमा ४८० जना विद्यार्थी बढेका छन् । ...

नेपाल निजामती कर्मचारी युनियन रत्ननगर इकाई समिति गठन

नेपाल निजामती कर्मचारी युनियन रत्ननगर इकाई समिति गठन
चितवन । रत्ननगर नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरुकाे आइतबार सम्पन्न एक भेलाले नेपाल निजामती कर्मचारी युनियन (संघ) रत्ननगर इकाई समिति गठन गरेकाे छ । नव गठित युनियनको अध्यक्षमा शालिकराम पाैडेल सर्व सम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा डिम्मेश्वरी काफ्ले, सचिवमा केशव पाैडेल, काेषाध्यक्षमा रञ्जना पाैडेल, सह-सचिवमा महेश सुवेदी, सदस्यहरुमा क्रमशः माधव प्रसाद पाैडेल, न...

रत्ननगरमा सामुदायिक विद्यालयमा पढने छोरीलाई साइकल

रत्ननगरमा सामुदायिक विद्यालयमा पढने छोरीलाई साइकल
चितवन १८ पुस । रत्ननगर नगरपालिका वडा नं ३ वडा कार्यालयले सामुदायिक विद्यालयमा अध्यायन गर्ने छात्राहरुलाई साइकल वितरण गरेको छ । सो वडा भित्र रहेको बेल्सी आधारभुत विद्यालयमा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएको हो । सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थीको आ...

कोटा र कोठाको समस्यामा राज्य मौन : सांसद जैरु

कोटा र कोठाको समस्यामा राज्य मौन : सांसद जैरु
१७ पौष, रत्ननगर । दलित समुदायले पछिल्लो समयमा झेलेको कोटा र कोठाको समस्यामा राज्य मौन भएको केन्द्रिय सांसद निरुदेवी जैरुले बताएकी छिन । सौराहामा आज नेपाल दलित महिला उत्थान संघ (एड्वान) को २२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा आएकी जैरुको समाजले सतही रुपमा चलाएको पानि चल्ने र नचल्ने जात लाई अन्त्य गर्नुपर्नेमा जोड थियो । देशका समग्र दलित महिलाको प्रतिनिधित्व आफुले ...

अर्पण बचतको १२औं बार्षिक साधारण सभा सम्पन्न, सहकारीकर्मीलाई गरियाे पुरस्कृत

अर्पण बचतको १२औं बार्षिक साधारण सभा सम्पन्न, सहकारीकर्मीलाई गरियाे पुरस्कृत
चितवन । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । साे अवसरमा १२ जना सहकारीकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा असल बचतकर्तातर्फ कृष्णप्रसाद आचार्य, दीक्षा कुमारी भूषाल, रामजी खनाल, ...

रत्ननगर महोत्सवको ९० प्रतिशत काम सकियो

रत्ननगर महोत्सवको ९० प्रतिशत काम सकियो
रत्ननगर १७ पुस । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म महोत्सवको ११औं संस्करण हुँदैछ । महोत्सवको ९० प्रतिशत काम सकिएको मुल व्यवस्थापन समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । यस बर्षको महोत्सवको मुल्य आर्कषण जिप साइकल...

रोटरीको पोलियो अभियानको लागि एउटै कार्यक्रममा उठ्यो ३२ लाख

रोटरीको पोलियो अभियानको लागि एउटै कार्यक्रममा उठ्यो ३२ लाख
चितवन ः रोटरी क्लबको पोलियो अभियानको लागि एउटै कार्यक्रमबाट करिब ३२ लाख रुपैया उठेको छ । आइतबार भरतपुरको दियालो फुड ल्याण्डमा सम्पन्न भएको पोलियो कार्यक्रमको लागि फण्ड राइजिङ कार्यक्रममा उपस्थित रोटरीयनहरुले २६ हजार ४ सय २६ अमेरीकी डलर सहयोग घोषणा गरेपछि एउटै कार्यक्रममा करिब ३२ लाख रुपैयाँ उठेको हो । कार्यक्रमका संयोजक तथा रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलले डिस्ट्रिक...

अर्पण साकोसको सेवा केन्द्र अब खैरहनी पर्सामा पनि

अर्पण साकोसको सेवा केन्द्र अब खैरहनी पर्सामा पनि
चितवन । पूर्वी चितवनको बकुलहरमा मुख्य शाखा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि. को पर्सा सेवा केन्द्रको आज (आइतबार) एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । सो सेवा केन्द्रको शुभारम्भ खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले गरेका हुन् । चौधरीले रत्ननगरमा लामो समयदेखी सेवा सञ्चालन गर्दै आएको अर्पण साकोसले खैरहनीमा पनि सेवा केन्द्र बिस्तार गरेकोमा खुसी लागेको बताए । उन...

ग्रीनल्याण्डमा समाचार वाचन प्रतियोगिता सम्पन्न ।

ग्रीनल्याण्डमा समाचार वाचन प्रतियोगिता सम्पन्न ।
९ पौष, चितवन । पढाई संगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले भरतपुर१२, चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले समाचार वाचन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ। रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झै नेपाली अनि अङ्ग्रेजी भाषामा २८ जना विद्यार्थीहरुले समाचार वाचन गरेका थिए। विद्यालयकि अतिरिक्त क्रियाकलाप संयोजक प्रतीक्षा पन्तको संयोजकत्वमा आ...