सबैभन्दा बढी भ्रष्टाचार हुनेमा प्रदेश नं २ अघिअघि बागमती पछिपछि…

सबैभन्दा बढी भ्रष्टाचार हुनेमा प्रदेश नं २ अघिअघि बागमती पछिपछि…
काठमाडौँ । प्रदेश नं २ ले बढी भ्रष्टाचार हुने प्रदेशका रुपमा कीर्तिमान देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै, बागमती प्रदेश पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरक...

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

ट्रकको ठक्करबाट बालिकाको मृत्यु
दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ट्रकको ठक्करबाट १३ व...

माघे सक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय

माघे सक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय
पोखरा- गण्डकी प्रदेशमा माघे संक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न ...

बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुईको मृत्यु

बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुईको मृत्यु
दमौली- तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया ग...

आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु

आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु
बलेवा- बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको थियो । घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ ...

अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज

अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज
महेश पाण्डे पोखरा । अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज हुने भएको छ । पोखराबाट हेलिकप्टरमा यस अघि देखि नै अन्य हेलिकप्टर कम्पनिले अन्नपुर्ण बेस क्यम्पको यात्रा गरिरहेकोमा अल्टिच्युड हेलिकप्टरको अहिले २ वटा हेलिकप्टरनै पोखरामा आएपछि झनै सहज हुने देखिएको हो । समय हुनेहरुको लागि पद मार्ग उपयुक्त भएपनि समय अभाव हुनेहरुको लागि भने १ घण्टाको समय भ...

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन : उपप्रधानमन्त्री

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन : उपप्रधानमन्त्री
पोखरा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले योे विषय संसद्मा छलफलका क्रममा रहेको र बहुकोणबाट राष्ट्रिय हितलाई सर्वोपरी राखेर यसको फैसला हुने...

सार्वजनिक सवारी व्यवस्थित गर्न खोज्दा भ्रम फैलाइयो : पर्यटन व्यवसायी

सार्वजनिक सवारी व्यवस्थित गर्न खोज्दा भ्रम फैलाइयो : पर्यटन व्यवसायी
पोखरा । पर्यटक लिएर आउने ठूला सार्वजनिक सवारी साधन पोखराको भूगोल एवं साँघुरो बाटोका कारण सबै गन्तव्यमा पुग्न नसक्ने भन्दै पोखरा पर्यटन परिषद्ले यसलाई व्यवस्थित गर्न खोज्दा त्यसको भ्रामक प्रचार गरिएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । पर्यटक बोकेर भित्रिएका ठूला सार्वजनिक सवारी साधन सबै गन्तव्यसम्म पु¥याउन खोज्दा साँघुरो बाटोका कारण ट्राफिक जाम बढेको, दुर्घटना बढ्नुका साथै म...

पार्टीभित्र मतमात्र होइन, मन पनि मिल्नुपर्छ : मन्त्री पोखरेल

पार्टीभित्र मतमात्र होइन, मन पनि मिल्नुपर्छ : मन्त्री पोखरेल
पोखरा । उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् । नेकपा कास्कीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिस्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहना...

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
काठमाडौँ- पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताए । “पश्चिमी वायुको प्रभा...