पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
पोखरा- पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमन भएको हो । सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ । सन् २०१९ क...

ट्र्याक्टरले किचेर चालकको मृत्यु

ट्र्याक्टरले किचेर चालकको मृत्यु
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । परियार छाब्दी वाराही कन्स्ट्रक्सन प्रालिको ग१त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ । ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भ...

केदारनाथका पीठाधीश नवलपुर आउँदै, पितृ मोक्ष गर्न पाइने

केदारनाथका पीठाधीश नवलपुर आउँदै, पितृ मोक्ष गर्न पाइने
आशिष रेग्मी कावासोती- केदारनाथका पीठाधीश शिवाचार्य महाराजज्यू नवलपुरको चोरमारामा आउने भएका छन् । मध्यविन्दु नगरपालिका वडा नं ७ चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको धनधान्याचलमा केदारनाथका पीठाधीश शिवाचार्य महाराजज्यू आउन लागेका हुन् । विश्वका सनातन धर्मावलम्बीले पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन् । चोरमारा आउन लागेका शिवाचार्य यिनै पाँचमध्येका एक हुन् । ...

चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँ- चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्ष...

नेपाल भ्रमण वर्ष २०२० को अन्तिम तयारी पूरा, राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्ने

नेपाल भ्रमण वर्ष २०२० को अन्तिम तयारी पूरा, राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्ने
काठमाडौँ- सन् २०२० जनवरी १ तारिखका दिन अर्थात् पुस १६ गते नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिने भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार भ्रमण वर्षको दशरथ रंगशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको छ । राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नेिछन् । सो अवसरमा प्रधान...

राष्ट्रिय टेनिसमा महिलातर्फको उपाधि प्रेरणालाई

राष्ट्रिय टेनिसमा महिलातर्फको उपाधि प्रेरणालाई
पोखरा- पोखरामा जारी १७औँ संस्करणको ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगितामा महिला एकल खुलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज भएकोे फाइनल खेलमा सलोनी तामाङलाई ७–५ र ६–१ को सोझो सेटले पराजित गर्दै उहाँले उपाधिसहित रु ५० हजार पुरस्कार प्राप्त गरेकी छन् । उपविजेता तामाङले रु २५ हजार तथा सेमिफाइनल पुगेका भगवती विक र गङ...

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन
पोखरा- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ । कालीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै बनेको कृत्रिम जलाशयमा पर्वत, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको सात किलोमिटर लम्बाइमा क्रुजसिप सञ्चालन गरिएको हो । इटहरीमा निर्माण गरिएको सो क्रुजसिप माउण्ट मकालु पानीजहाज शालिग्राम कालीगण्डकी जल यातायात (पानी जहाज) कम्पनी प्रा...

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन

एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन
काठमाडौँ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको यही पुस ११ र १३ गते बसेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट सङ्कलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएको प्राधिकरणले जनाएको हो । प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ ग...

देवघाट ५ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा

देवघाट ५ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा
तनहुँ- देवघाट गाउँपालिका–५ लाई सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । विभिन्न महत्वपूर्ण १० सूचक पूरा गरेपछि सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो । युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) गोरखाको प्राविधिक सहयोगमा सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । सु...

भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी

भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी
बुटवल- नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ । ‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धनन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ ...