माडीमा एक बृद्धको पोखरीमा डुबेर ज्यान गयो
अजित अधिकारी
चितवन । माडीमा एक बृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । ज्यान जानेमा माडी नगरपालिका २ सितलपुर निवासी बर्ष ६६ का देबी प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।
मृतकका परिवारका अनुसार, गएरातीसम्म उनी परिवारकै सम्पर्कमा रहेको र एक्कासि आज (बिहिवार) बिहान ४ बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शब पानीभित्र डुबेको अवस्थामा भेटिएको प्रहरीको भनाइ...









