भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ । मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा वृद्धि हुँदै...

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास
वासिङ्टन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । “मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उनले भने । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भएको प...

रुसले बनाएको कोरोनाको औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

रुसले बनाएको कोरोनाको औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने
मनिला । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए । फिलिपिन्सका हजारौँ बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ । तेस्रो च...

भारतमा एकै दिन ६७ हजार बढीमा कोरोना सङ्क्रमण

भारतमा एकै दिन ६७ हजार बढीमा कोरोना सङ्क्रमण
नयाँ दिल्ली । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन ६७ हजार ६६ जना थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ६७ हजार नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९५० जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको...

कोरोना संक्रमणबाट विश्वभर ७ लाख ४७ हजार ७७४ जनाको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर ७ लाख ४७ हजार ७७४ जनाको मृत्यु
पेरिस । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोड ६ लाख ६ हजार ८७२ जना मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार रातिसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४७ हजार ७७४ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेत...

रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश

रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश
मस्को । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृति दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप मंगलबार बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भने । “मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधिको सामूहिक उत्पादन सुरु गर्न स...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ८८ हजार ५४३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३९ हजार ८९९ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ । मङ्गलबारसम्म विश्वभरमा एक करोड ३२ लाख १०...

कोभिड–१९ खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने

कोभिड–१९ खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने
जेनेभा । कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्युएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भने, “यो धेरै पैसाजस्तो लाग्छ र यो हो पनि ।” स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी–२० देशले कोरोना भाइरस महामारीबाट थला पर...

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या
नाइजर । नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो । उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए । उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ । यस विषयको विस्तृ...

अमेरिकी कदमविरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध

अमेरिकी कदमविरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध
बेइजिङ । चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुजसमेतका ११ जना प्रभावशाली अमेरिकी नागरिकविरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्...