
जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ८८ हजार ५४३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३९ हजार ८९९ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ । मङ्गलबारसम्म विश्वभरमा एक करोड ३२ लाख १० हजार ९७९ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
विश्वभरमा हाल ६३ लाख ३७ हजार ६६५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६९७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५२ हजार ५९५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६६ हजार २०९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४८ लाख २६६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ६१ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख ८४ हजार ९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ३६ हजार २४४ जनाको मृत्यु भएको छ ।
युरोपमा ३० लाख ७४ हजार ४९४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख छ हजार ६४६ को मृत्यु भएको छ । एसियामा ५१ लाख ४३ हजार ६५२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ११ हजार ६९३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा दश लाख ६१ हजार ६६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ६६१ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३५७ जनाको मृत्यु भएको छ । एएफपी