जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३५ लाख ४ हजार १७५ जना व्यक्तिमध्ये ७८ लाख ९२ हजार १९५ व्यक्ति संक्रमणमुक्त भएका छन् । बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८२ हजार ३२३ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभर ५० लाख २९ हजार ६५७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ५०८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्रै ३५ लाख ४८ हजार ६२६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३९ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ९५ हजार ८९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८ हजार ४९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४१ लाख ५७ हजार ३२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८९ हजार ५४ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ९ हजार २९२ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने १ लाख ९७ हजार ५१७ को मृत्यु भएको छ । एसियामा ३० लाख ९८ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७३ हजार २९९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ३० हजार ४६६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ८१३ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार १५५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३३ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया