म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो
याङ्गुन । म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो । तर, पछि पहिरो गएको स्थलबाट थप शवहरु निकालिएको छ । सूचना मन्त्रालयले बिहीबार बिहानको सो पहिरोमा...

मेक्सिकोमा बन्धुकधारीद्वारा २४ जनाको गोली हानी हत्या

मेक्सिकोमा बन्धुकधारीद्वारा २४ जनाको गोली हानी हत्या
गुआनाजुतो, मेक्सिको । मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनःस्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनःस्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ...

कोरोनाबाट विश्वभर पाँच लाख १६ हजार बढीको मृत्यु, ५८ लाख ५० हजार डिस्चार्ज

कोरोनाबाट विश्वभर पाँच लाख १६ हजार बढीको मृत्यु, ५८ लाख ५० हजार डिस्चार्ज
पेरिस । कोरोना भाइरसबाट विश्वभर संक्रमित भएकामध्ये बुधबार रातिसम्ममा पाँच लाख १६ हजार ३०६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार संसारभर मृत्यु भएकाहरुको संख्या पाँच लाख १६ हजार २९७ पुगेको हो । विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख ५० हजार ८५२ पुगेको छ भने संक्रमितहरुको कुल संख्या एक करोड ६ लाख ८२ हजार २४३...

भारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा

भारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा
नयाँ दिल्ली । भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछामार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले बुधबार जानकारी दिएको हो । सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरुलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । सो सम्झौताबमोजिम हरेक वर...

कोरोना महामारीको खराब समय आउनै बाँकी : डब्ल्युएचओ प्रमुख

कोरोना महामारीको खराब समय आउनै बाँकी : डब्ल्युएचओ प्रमुख
न्यूयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस महामारीको सबैभन्दा खराबस्वरूप देखिन बाँकी भएको बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधोनम गेब्रियासले यदि संसारभरका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्नसक्ने चेतावनी दिएका छन् । भर्चुअल ब्रिफिङमा टेड्रोसले भनेका छन्, ‘हामी सबै यो चाँडै नै उन्मूलन होस् भन्ने...

कोभिड–१९ को औषधि बनाएको दाबी गरिएको छैन : पतञ्जली

कोभिड–१९ को औषधि बनाएको दाबी गरिएको छैन : पतञ्जली
हरिद्वारा । पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरस (कोभिड–१९)को औषधि बनाएको कहिल्यै दाबी नगरेको मंगलबार जानकारी गराएको छ । भारतको उत्तराखण्ड, हरिद्वारमा रहेको उक्त आयुर्वेदिक संस्थाले उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा उक्त संस्थाले आफ्नो पुरानो दाबीलाई घुमाउरो पारामा फिर्ता लिँदै भनेको छ, “पतञ्जलीले कहिल्यै पनि कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छैन । तर,...

भारतले टिकटकसहित ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएपछि चीनको चासो

भारतले टिकटकसहित ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएपछि चीनको चासो
बेइजिङ । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने, “चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ कि चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनको पालना गर्न आग्रह गर्दै आएको ...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ९ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ९ हजारभन्दा बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ९ हजार ३५२ पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख ६३ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार मंगलबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५७ लाख ९ हजार ५०८ जना निको भएका छन्। चीनको ...

भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी

भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी
नयाँ दिल्ली । चीन र भारतबीच सीमा क्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्यांक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ । भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति प्रकाशन गरी टिकटकले भारतीय कानुन बमोजिम प्रयोगकर्ताका सबै तथ्याँक विवरणलाई सुरक्षित राखेक...

कोरोना भाइरसबाट भारतमा १६ हजार ९८५ जनाको मृत्यु

कोरोना भाइरसबाट भारतमा १६ हजार ९८५ जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ९८५ पुगेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा दैनिक हजारौँको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिँदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ७२ हजार ७२३ पुगेको पनि सो मन्त्रालयले जनाइएको छ । गत २४ घन्टामा भारतमा १८ हजार ५२२ जना कोरोना...