जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ९ हजार ३५२ पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख ६३ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार मंगलबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५७ लाख ९ हजार ५०८ जना निको भएका छन्। चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ९१ हजार ५०८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ९६३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ८७ हजार ३५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८३ हजार ६७४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख ३९ हजार ३९३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ६७ हजार ७९३ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ३८ हजार ७५८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार २८४ को मृत्यु भएको छ । एसियामा २२ लाख ८५ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५६ हजार ४५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ९७ हजार ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ९२७ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया