
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३६ हजार ८०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८० लाख ५५ हजार ३३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ ।
नेपाली समयानुसार सोमबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४१ लाख ५५ हजार ८९९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ६२ हजार ६३४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५७६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ७० हजार ७११ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ९५१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १४ लाख ३७ हजार ६११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६० हजार ६२८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ९४ हजार ९४८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४५ हजार ७७२ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख १९ हजार ४६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार १७४ को मृत्यु भएको छ । एसियामा १६ लाख ४५ हजार ८३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४० हजार ८७८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ४६ हजार ८१० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ५८१ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी