जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४० हजार ६४० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख ७० हजार १४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ६८ हजार २५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ६१ हजार ४७५ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८९ हजार ६७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार ५२२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १४ं लाख ६८ हजार ५१३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६१ हजार ६२१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख १९ हजार ८८५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ४६ हजार ५०७ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ३४ हजार १८६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार ८१० को मृत्यु भएको छ । एसियामा १६ लाख ८२ हजार ७६९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४१ हजार ७४६ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ५५ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ८१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी