श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् । घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएपछि उनकी पत्नी पार्वतीलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी ...

लकडाउन पालना नभएपछि बाँकेमा अनिश्चितकालीन कर्फ्यु जारी

लकडाउन पालना नभएपछि बाँकेमा अनिश्चितकालीन कर्फ्यु जारी
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा कर्फ्यु जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम ...

थप ८० सहित कोरोना संक्रमितको संख्या ९८१ पुग्यो

थप ८० सहित कोरोना संक्रमितको संख्या ९८१ पुग्यो
चितवन । चितवनको भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा नमुना परीक्षण गरिएका थप एक जनासहित बिहीबार थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतको हरिद्वारबाट नेपाल आई नवलपुरको बर्दघाट (सुस्ता) पूर्व देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका देवचुली १ नवलपुरका वर्ष १९ का युवाको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको भरतपुरस्थित कोरोना विशेष अस्...

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्त...

सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना

सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले आज एक शुभकामना सन्देशमार्फत नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र६३ को सफलतापश्चा...

नेपालमा कोरोना संक्रमित ९०१ पुगे, पाँच जनाको मृत्यु

नेपालमा कोरोना संक्रमित ९०१ पुगे, पाँच जनाको मृत्यु
काठमाडौँ । नेपालमा बुधबार कोरोना भाइरसको संक्रमितको संख्या एकैदिन १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, धरान, विराटनगर, पोखरा, हेटौँडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएका हुन् । पछिल्लोपटक सप्तरीमा ११ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक...

नेपालमा १८३ जनाले जिते कोरोना

नेपालमा १८३ जनाले जिते कोरोना
काठमाडौँ । नेपालमा कुल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । डि...

नेपालमा थप ११४ सहित कोरोना संक्रमितको संख्या ८८६ पुग्यो

नेपालमा थप ११४ सहित कोरोना संक्रमितको संख्या ८८६ पुग्यो
काठमाडौँ । बुधबार नेपालमा थप ११४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुगेको छ । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७९६ पुरुष र ९० महिला रहेको जानकारी दिए । सङ्क्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन नगरपालिकाका आठ, बालनव...

भारतबाट फर्किएका युवकको मृत्यु

भारतबाट फर्किएका युवकको मृत्यु
सुर्खेत । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पुर्‍याइएको थियो । अस्पता...

भारतबाट एकैदिन पाँच हजार बढी नागरिक, कोरोनाको जोखिम बढ्यो

भारतबाट एकैदिन पाँच हजार बढी नागरिक, कोरोनाको जोखिम बढ्यो
कैलाली । कामको सिलसिलामा भारतका विभिन्न सहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझमात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ छन् । जिल्ला प्रवेश गरेका दुई हजार ८७९ जनालाई जिल्लाका नौवटै स्थानीय तहले तयार पारेका ६७ क्वारेन्टाइनमा राखिएको जिल्ला...