कोरोनाको लक्षण देखिएकी महिलाको शव व्यवस्थापन

कोरोनाको लक्षण देखिएकी महिलाको शव व्यवस्थापन
सप्तरी । होम क्वारेन्टाइनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ । कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका सदस्यको उपस्थितिमा कञ्चनरुपस्थित सुन्दरीखोलाभित्रको जङ्गलमा लगेर सतर्कताका साथ शव व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । सप्तरी...

वृद्ध बाबुको हत्या आरोपमा छोरा पक्राउ

वृद्ध बाबुको हत्या आरोपमा छोरा पक्राउ
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा मंगलबार राति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले बताए । घरेलु हतियारले वृद्ध...

कपिलवस्तुमा किशोरी बलात्कृत

कपिलवस्तुमा किशोरी बलात्कृत
कपिलवस्तु । महाराजगञ्ज नगरपालिका –२ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्‍याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले किशोरीलाई...

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु
जाजरकोट । स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए । सिंह दम्पतीसहित खिरखिरेस्थित ब...

क्वारेन्टाइनमै एक्कासि बेहोस भएका वडाध्यक्ष रानाको मृत्यु

क्वारेन्टाइनमै एक्कासि बेहोस भएका वडाध्यक्ष रानाको मृत्यु
कञ्चनपुर । क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासि बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टाइन पुगेका थिए । नयाँ क्वारेन्टाइन स्थापना गरिएको ...

बलात्कारको आरोपमा पक्राउ

बलात्कारको आरोपमा पक्राउ
स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले यु...

रूखले थिचेर महिला र बालकको मृत्यु

रूखले थिचेर महिला र बालकको मृत्यु
हेटौँडा । मंगलबार साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएको पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ व...

ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु
सप्तरी । सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्र्याक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्र्याक्टर सोमबार साँझ आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्र्याक्टरमा सवार स्थानीयवासी ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । घाइते भएका उनलाई उपचारका लागि ...

एकैदिन ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो

एकैदिन ९० जनामा कोरोना, संक्रमितको संख्या ७७२ पुग्यो
काठमाडौँ । मंगलबार एकैदिन ९० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले एकै दिन १५ जिल्लामा ९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । सोमबारमात्र ७९ जनामा संक्रमण देखिएको थियो । डा देवकोटाले कपिल...

बारामा दुई सैनिकसहित पाँच जनामा कोरोना संक्रमण

बारामा दुई सैनिकसहित पाँच जनामा कोरोना संक्रमण
बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत रहेका छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना देखिएको हो । यससँगै बारामा कुल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएका छन् । एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छ...