पोर्चुगलमा पनि तीन नेपाली कोरोना संक्रमित

पोर्चुगलमा पनि तीन नेपाली कोरोना संक्रमित
पोर्चुगल । पोर्चुगलस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरे । यस्तै, संघका वरिष्ठ उ...

कोरोनाको जोखिमले सीमानाका र बजारहरु सुनसान

कोरोनाको जोखिमले सीमानाका र बजारहरु सुनसान
कञ्चनपुर । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेसँगै यहाँ चहलपहल नभएको हो । नाकाबन्दबारे जानकारी नभएका यात्रुको स्वस्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइएको छ । यात्रु गड्डाचौकीबाट पाँच किलोमिटर वरको भीमदत्तनगरसम्म हिँडेरै...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
हेटौँडा । हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए । मृतकको शव हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उहाँले बता...

कोरोना भाइरसको सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

कोरोना भाइरसको सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह
काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस)को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेको बताएको छ । सरकारले सेल्फ÷होम क्वारेन्टाइन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै कोरोना रोकथाममा सहयोग गर्नसमेत सार्वजनिक अपिल गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पो...

कोभिड १९ : महाभियान सञ्चालन हुँदै

कोभिड १९ : महाभियान सञ्चालन हुँदै
काठमाडौँ । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ । दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार यहाँ सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ । फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख म...

कोभिड-१९ बाट विश्वभर १४ हजार ७०४ को मृत्यु, १९२ देशमा संक्रमण फैलियो

कोभिड-१९ बाट विश्वभर १४ हजार ७०४ को मृत्यु, १९२ देशमा संक्रमण फैलियो
काठमाडौँ । कोरोना भाइरसको महामारी विश्वभर १९२ देशमा फैलिएको छ भने सोमबार दिउँसोसम्म १४ हजार ७०४ जनाको मृत्यु भएको छ । यस महामारीबाट ३ लाख ३९ हजार ५३० जना संक्रमित भएकोमा ९९ हजार १४ जना बिरामी उपचारपश्चात् अस्पतालबाट घरघरमा फर्किएका छन् । विश्वभर २ लाख २५ हजार ८१२ जना बिरामीको उपचार जारी छ । जसमा १० हजार ५५३ को अवस्था गम्भीर रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । चीनमा हाल...

भारत र चीनको सबै सीमा नाका एकसाता बन्द हुने मन्त्रिपरिषद्को निर्णय

भारत र चीनको सबै सीमा नाका एकसाता बन्द हुने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले भारत र चीनका सबै सीमा नाकाहरु सोमबार बिहान १० बजेदेखि एक सातासम्म पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो । नेपालले भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा नाका बन्द गर्ने प्रस्ताव राखेकोमा भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन ।...

अफवाह फैलाउने सामग्री सम्प्रेषण गर्नेलाई उजुरी गर्न काउन्सिलको आग्रह

अफवाह फैलाउने सामग्री सम्प्रेषण गर्नेलाई उजुरी गर्न काउन्सिलको आग्रह
काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाउने सामग्री प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरे...

जोखिम न्युनीकरणका लागि गड्डाचौकीमा सेना सक्रिय

जोखिम न्युनीकरणका लागि गड्डाचौकीमा सेना सक्रिय
कञ्चनपुर । तीन दिनयता कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको २५ बाहिनीले तीन दिनदेखि निरन्तर पश्चिम नाका गड्डाचौकीमा कोराना भाइरस संक्रमणको जोखिम न्युनीकरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ । बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितका अनुसार गड्डाचौकी नाकामा सेनाले भारतका विभिन्न स्थानबाट मजदुरी गरेर स्वदेश फर्किने नेपाली नागरिकको स्वास्थ्य परीक्षण प्रभावकारीरुपमा गरिरहेको छ...

कोरोना कहर : पाँच लाख मानिसले छाडे राजधानी काठमाडौँ

कोरोना कहर : पाँच लाख मानिसले छाडे राजधानी काठमाडौँ
काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । तीन दिनको अवधिमा राजधानी आउने यात्रु एक लाख ९४ हजार रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रब...