वडाध्यक्ष हत्या प्रकरण : सात प्रहरी नियन्त्रणमा

वडाध्यक्ष हत्या प्रकरण : सात प्रहरी नियन्त्रणमा
अछाम- पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौँदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो । मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदे...

बालविवाहका घटनामा कमी आएन

बालविवाहका घटनामा कमी आएन
काठमाडौँ- बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष (साउनदेखि कात्तिकसम्म) मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० बालविवाहका घटनामा ११६ बालबालिकाको विवाह भएको देखिन्छ । पहँुच र सचेतना अभ...

एमसिसीले देशलाई विखण्डन गर्छ : भीम रावल

एमसिसीले देशलाई विखण्डन गर्छ : भीम रावल
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को नाममा देश विखण्डनको ठेक्का अमेरिकालाई दिन नसकिने बताएका छन् । एमसिसी तथा लिम्पियाधुरा, कालापानी लिपुलेकमाथिको कब्जा र राष्ट्रिय स्वाभिमानको प्रश्न विषयक सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रममा नेता रावलले एमसिसीले देशमा विखण्डन ल्याउने ठोकुवा गरे । रावल नेकपाको एमसिसी...

१५ लाख घूस लिएको आरोपमा इञ्जिनियरलाई मुद्दा

१५ लाख घूस लिएको आरोपमा इञ्जिनियरलाई मुद्दा
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिराहाका इञ्जिनियर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनीहरुले सेवाग्राहीसँग रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहाना बनाइ रु १५ लाख ९६ हजार घुस लिएका थिए । आयोगको बर्दिवासबाट गएको टोलीले उन...

पोखरामा कोराना भाइरसविरुद्ध सचेतना

पोखरामा कोराना भाइरसविरुद्ध सचेतना
पोखरा । चीनमा देखा परेको कोरोना भाइरसबारे कसरी जोगिने भन्ने बारेमा पोखरामा कोरोना भाइरस सचेतना शिविर सम्पन्न भएको छ । वसन्त टे«ड कन्सर्नले आज पोखरामा फेमिली, हेल्थ एण्ड हेप्पिनेस र कोरोना भाइरस सचेतना शिविरको आयोजना गरेको हो । स्कुल अफ ह्याप्पिनेसका संस्थापक एवं माइण्ड केमेष्ट्रि रिसर्च पर्सन हरि सिटौलाले स्वास्थ्य नै धन भएकाले कुनै पनि रोगसँग लड्न पहिला स्वस्थ मानसिकता आवश्य...

कोरोना भाइरसबाट सतर्क रहने प्रदेश नं १ को तयारी

कोरोना भाइरसबाट सतर्क रहने प्रदेश नं १ को तयारी
विराटनगर- प्रदेश नं. १ सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन आवश्यक तयारी थालेको छ । प्रदेश सरकारले कोरोना भाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्व तयारी स्वरुप जनचेतनामूलक कार्यक्रम सञ्चालनदेखि सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको हो । सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर सो भाइरसको जोखिमबाट बच...

काँग्रेसले दिगो विकासलाई अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काँग्रेसले दिगो विकासलाई अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल
काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका कामलाई प्राथमिकता नदिएको भन्दै काँग्रेसले लोकतान्त्रिक ढङ्गबाट दिगो विकासलाई अगाडि बढाउनुपर्ने बताएका छन् । सेन्टर फर डेमोक्रटिक इन्जिनियर्स नेपाल (सिडेन) ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुईदिने सम्मेलनको समापन गर्दै वरिष्ठ नेता पौडेलले विकासका लागि लोकतान्त्रिक...

संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्छौं : अध्यक्ष यादव

संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्छौं : अध्यक्ष यादव
उदयपुर । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने बताएका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित सिटीहलमा सञ्चालन भएको प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण...

बलात्कार आरोपित एसएसपी राणालाई पाँच दिनको म्याद

बलात्कार आरोपित एसएसपी राणालाई पाँच दिनको म्याद
इनरुवा- बलात्कारको आरोप लागेका सङ्घीय प्रहरी इकाइ धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई आज पाँच दिनको म्याद थप गरेको छ । सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई जिल्ला अदालत सुनसरीले पाँच दिनको म्याद थप गरेको हो । अनुसन्धानका लागि राणालाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले पाँच दिन म्याद थप गरेको अदालतका स्रेस्तेदार नगेन्द्रक...

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु, तीन घाइते
विराटनगर- मोरङ जिल्लामा आज भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । मोरङको सुन्दर हरैँचा नगरपालिका–१० जरुवामा सोही स्थान बस्ने साइकल यात्री ४७ वर्षीय बाबुराम कार्कीलाई प्रदेश नं १–०२–००१ ख ८१०९ नं को टिपरले ठक्कर दिँदा उपचारका क्रममा प्रदेश (कोशी) अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना गर्...