स्कुलबाट फर्कंदै गरेका बालकको गाडीको ठक्करबाट मृत्यु

स्कुलबाट फर्कंदै गरेका बालकको गाडीको ठक्करबाट मृत्यु
झापा- स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ । काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारवाही...

निर्माण उपकरण जलाउने समूह नियन्त्रण गर्छौं : गृहमन्त्री

निर्माण उपकरण जलाउने समूह नियन्त्रण गर्छौं : गृहमन्त्री
काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो । जवाफमा गृहमन्त्री थापाले निर्माण व...

पूर्वपश्चिम राजमार्गमा अतिक्रमित संरचना हटाइँदै

पूर्वपश्चिम राजमार्गमा अतिक्रमित संरचना हटाइँदै
परासी- पश्चिम नवलपरासीमा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइने भएको छ । माघभित्र सडक सीमा क्षेत्रभित्र भएको अतिक्रमणको लगत सङ्कलन गरी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।जिल्लामा विशेषगरी भूमही–भैरहवा, परासी– महेशपुर सडक तथा पूर्व–पश्चिम राजमार्गमा अतिक्रमण गरेर संरचना बनाइएको छ । सडक मिचेर केही पक्की घर नै बनाइएको छ । क...

जथाभावी वृद्धाश्रम सञ्चालन नगर्न मुख्यमन्त्रीको सुझाव

जथाभावी वृद्धाश्रम सञ्चालन नगर्न मुख्यमन्त्रीको सुझाव
हेटौँडा- देशभरि सञ्चालन भइरहेका वृद्धाश्रम र दिवासेवा केन्द्रको बृहत् कार्यशाला गोष्ठी हेटौँडामा सुरु भएको छ । वृद्धाश्रम तथा दिवासेवा केन्द्रको छाता सङ्गठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको आयोजनामा भएको गोष्ठीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै वृद्धाश्रमको नाममा जथाभावी पसलझँै आश्रम सञ्चालन हुन नहुने धारणा राखेका छन् । देशभरका ७७ जिल्लाका ४०० प्रत...

चार सवारी चालक पुर्पक्षका लागि कारागार चलान

चार सवारी चालक पुर्पक्षका लागि कारागार चलान
पोखरा- सवारीसाधन चलाउने क्रममा विभिन्न कारण दुर्घटना गराएका चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रनाउ राजकुमार केसीका अनुसार सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने, मादक पदार्थ सेवन गरेका र गाडीको ढोका खुल्ला राख्दा दुर्घटना गराई मानवीय क्षति पु¥याएको अभियोगमा चारजना सवारी चालकलाई पुर्पक्षका लागि कारागार चलान ग...

धादिङमा ट्रक दुर्घटना : सात जनाको मृत्यु, १० गम्भीर घाइते

धादिङमा ट्रक दुर्घटना : सात जनाको मृत्यु, १० गम्भीर घाइते
धादिङ- धादिङको निलकण्ठ नगरपालिका-९ स्थित ९ मैदी भञ्ज्याङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा  १५ घाइतेमध्ये सात जना गम्भीर छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोला मण्डल...

मानव बेचबिखनको धन्दा नयाँ शैलीमा

मानव बेचबिखनको धन्दा नयाँ शैलीमा
– निरा गौतम रुपन्देही । एक महिला एक महिनाअघि खोकीको औषधि किन्ने बहानामा नेपाल–भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् । सीमानाका...

दामनस्थित एभरेष्ट पानोरामा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु

दामनस्थित एभरेष्ट पानोरामा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु
-हृदयेन्द्र अनुरागी हेटौँडा- मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र चार पुरुष रहेका छन् । रिसोर्टको १०१ नम्बर कोठामा मंगलबार बिहान बेहोस आठ जना अवस्थामा भेटिएपछि रिसोर्टका कर्मचारीहरुले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । आठै जना बेहोस अवस्थामा...

लाङटाङमा बेपत्ता विद्यार्थीको खोजीमा जुटे उद्धारकर्ता

लाङटाङमा बेपत्ता विद्यार्थीको खोजीमा जुटे उद्धारकर्ता
मेलम्ची -लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको हो । हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ ...

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

ट्रकको ठक्करबाट एक युवकको मृत्यु
कैलाली- कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइ...