शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा प्रचण्ड र देउवाबीच छलफल

शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा प्रचण्ड र देउवाबीच छलफल
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ । सभापति देउवासँग छलफलका लागि अध्यक्ष दाहाल र महासचिव विष्णुप्रसाद पौडेल आज देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । सो अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक ...

पूर्वाधारसहितको बस्तीको माग गर्दै वीरगञ्जमा चर्कियो अनिश्चितकालीन १२ घन्टे आन्दोलन

पूर्वाधारसहितको बस्तीको माग गर्दै वीरगञ्जमा चर्कियो अनिश्चितकालीन १२ घन्टे आन्दोलन
वीरगञ्ज- पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका–२५ का सिर्सियावासीले अब १२ घन्टे आन्दोलन थालेपछि एकीकृत जाँचचौकी (आईसीपी)बाट भित्रिने सवारीसाधनहरु रोकिएको छ । सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी भन्सार कार्यालयको मध्य भागमा रहेको सिर्सिया गाउँका बासिन्दाले दैनिक १२ घन्टा आन्दोलनगरी विरोध जनाउँदै आएको संघर्ष समितिका अध्यक्ष अम्बिकाप्रसा...

एक्काइस किलो गाँजासहित दुई पक्राउ

एक्काइस किलो गाँजासहित दुई पक्राउ
हेटौँडा- प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीबाट २१ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ का ४० वर्षीय राजकुमार मोक्तान र धनुषाको मुखियापट्टी गाउँपालिका–६ का ४२ वर्षीय अशोककुमार यादवलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको कमाण्डमा खटिएको टोलीले गाँजा र बीआर ०...

न्याय माग्न जाँदा प्रहरीबाटै अन्याय…

न्याय माग्न जाँदा प्रहरीबाटै अन्याय…
काठमाडौँ- सामान्यतयाः आमनागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ । तर, प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहन्छ र ? यस्तै भएको छ, एक सेवाग्राहीलाई । ठगीमा परेँ भन्दै प्रहरीसमक्ष पुगेका एक सेवाग्राहीसँग उल्टै घूस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ...

पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहार मुद्दा

पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहार मुद्दा
काठमाडौँ- नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहारअन्तर्गत मुद्दामा आज जनही रु एक हजार जरिवानाको फैसला भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उक्त फैसला सुनाएको हो । “उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको हो ” प्रजिअ दाहालले भने । अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरि...

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु
दमक- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दमक...

प्रदेश नं ३ को राजधानीबारे सांसदहरुलाई निल्नु न ओकल्नु !

प्रदेश नं ३ को राजधानीबारे सांसदहरुलाई निल्नु न ओकल्नु !
भक्तपुर- प्रदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई निल्नु न ओकल्नुजस्तो भएको छ । प्रदेश नं. ३ को स्थायी राजधानी र नाम टुङ्गो लगाउन हेटाँैडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय निल्नु न ओकल्नु बनेको आज अधिकांश प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् । प्रदेश नं ३ भित्रका १३ जिल्लामध्ये मकवानपुर र चितवन बाहेकक...

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसको उम्मेदवार चयन

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसको उम्मेदवार चयन
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्...

१६ लाख घूस लिँदालिँदै समातिए कार्यालय प्रमुख

१६ लाख घूस लिँदालिँदै समातिए कार्यालय प्रमुख
काठमाडौँ । विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य घामजस्तै छ । पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन कार्यालय लाहान, सिराहाका इञ्जिनियरसहितका कर्मचारी पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद...

प्रदेश नं ३ को राजधानी र नाम पुस २१ गतेको प्रदेशसभा बैठकले पारित गर्ने

प्रदेश नं ३ को राजधानी र नाम पुस २१ गतेको प्रदेशसभा बैठकले पारित गर्ने
हेटौँडा- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलको बैठकमा धारणा राख्ने प्रदेशसभा सदस्यले राजधानीको नाम र स्थानको विषयमा आगामी प्रदेशसभा बैठकले एकमतले पारित गर्ने जानकारी दिएका छन् । प्रदेशसभाको बैठक यही पुस २१ गते बस्दैछ । नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा आज बसेको दलको बैठकमा ...