जनकपुरधाममा टिपरको ठक्करबाट मृत्यु

जनकपुरधाममा टिपरको ठक्करबाट मृत्यु
जनकपुर- टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–६ का ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ना१क ४५०९ नंको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका सुधाको उपचारका क्रममा जानकी हेल्थ केयर सेन्टरमा आज मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई सडक छेउमा खस्दा एक जनाको मृत्यु

बस अनियन्त्रित भई सडक छेउमा खस्दा एक जनाको मृत्यु
भक्तपुर- चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानक...

बालगृह मापदण्डविपरीत : ८० बालबालिकाको उद्धार

बालगृह मापदण्डविपरीत : ८० बालबालिकाको उद्धार
काठमाडौँ- राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्डविपरीत सञ्चालित बालगृहबाट बालबालिकाको उद्धार गरेको छ । परिषद्ले मापदण्डविपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य ...

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल
चितवन- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताएका हुन् । उनले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ । उनले पार्टीमा छल...

जीप दुर्घटना हुँदा ७ घाइते

जीप दुर्घटना हुँदा ७ घाइते
चौतारा- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा शनिबार बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक म...

तीन जनाको ज्यान जाने गरी भएको धनुषा बम विस्फोटका योजनाकार पक्राउ

तीन जनाको ज्यान जाने गरी भएको धनुषा बम विस्फोटका योजनाकार पक्राउ
धनुषा- धनुषामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको बम विस्फोटका योजनाकार पक्राउ परेका छन् । प्रहरीले मुख्य योजनाकार मानेका आदम राइन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम विस्फोटको करिब तीन सातापछि घटनाको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका आदम राईन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यसमेत रहेको ...

प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्छ : मुख्यमन्त्री

प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्छ : मुख्यमन्त्री
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को नाम र राजधानी छिट्टै टुङ्गो लाग्ने बताएका छन् । नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकअघि नै प्रदेशको राजधानी र नामाङ्कनको विषयमा नेकपा प्रदेश ३ संसदीय दलले स्पष्ट निर्णय गरिसक्नुपर्ने बताए । उनले दुई वर्षदेखिको विषय भएकोले यो अधिवेशनमा कुनै पनि हाल...

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न नेकपाको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । उनका अनुसार प्रदेश नं १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी...

चट्याङ लागेर एकै परिवारका पाँच घाइते

चट्याङ लागेर एकै परिवारका पाँच घाइते
बाँके- चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् । चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक...

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
काठमाडौँ- पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्...