आगो लगाएर श्रीमतीको हत्या
डोटी । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो ।
उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर...









