सामुदायिक विद्यालयको शिक्षा सुधारमा ध्यान दिऔँ : प्रचण्ड

सामुदायिक विद्यालयको शिक्षा सुधारमा ध्यान दिऔँ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर वैज्ञानिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । श्रीकृष्ण मावि दहचोकको नवनिर्मित विद्यालय भवनको आज उद्घाटन गर्दै उनले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट गरे...

तीन निरीक्षकका भरमा २५ जिल्लाका औषधिको अनुगमन

तीन निरीक्षकका भरमा २५ जिल्लाका औषधिको अनुगमन
नेपालगञ्ज । औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर, म्याद सकिएका, विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ । विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्...

भारतले मिचेको भूभाग जोगाउनु जीवन-मरणको सवाल : नेता केसी

भारतले मिचेको भूभाग जोगाउनु जीवन-मरणको सवाल : नेता केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले अहिले देशको जल्दोबल्दो विषय भनेको महंगी, भ्रष्टाचार, सुशासनको कुराभन्दा पनि राष्ट्रियता नै मुख्य भएको बताएका छन् । शनिबार रिपोर्टस क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा उनले भने, ‘१८१६ मा नेपाल र ब्रिटिस सरकारबीच भएको सुगौली सन्धिका आधारमा नेपालको सिमाना दार्चुलाको काली नदी हो...

काली पूर्वको भूभाग नेपालकै हो : सभापति देउवा

काली पूर्वको भूभाग नेपालकै हो : सभापति देउवा
कावासोती । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काली पूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले काली पूर्वको कालापानीसहितको भूभाग नेपालको भएको बताए । महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको ...

जन्मदिने बाबुआमाको खुर्पा प्रहार गरी हत्या

जन्मदिने बाबुआमाको खुर्पा प्रहार गरी हत्या
रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् । २८ वर्षीय छोरा गोरख वृद्धा बुबाआमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहर...

अनुयायीमाथि बलात्कार गरेको आरोपमा सिद्धबाबालाई सात दिनको म्याद थपियो

अनुयायीमाथि बलात्कार गरेको आरोपमा सिद्धबाबालाई सात दिनको म्याद थपियो
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा मङ्सिर ११ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीमा दोस्रो पटक म्याद थप गरेर सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । पहिलो पटकमा गिरीलाई चार दिनको म्याद थप गरेको थियो भने दोस्रो पटक सात दिनको म्याद थप गरेको सुनस...

नेपालको नयाँ नक्सा सार्वजनिक गराउँदै नेकपा

नेपालको नयाँ नक्सा सार्वजनिक गराउँदै नेकपा
काठमाडौँ । छिमेकी मुलुक भारतले एकतर्फीरुपमा नेपालको कालापानी क्षेत्रलाई समाहित गरी आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको विषयमा गम्भीर हुँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिको नयाँ नक्सा तयार गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ । भारतले गत कात्तिक २ गते सार्वजनिक गरेको उसको नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समावेश गरेपछि नेपालको राजनीति ...

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री डिस्चार्ज

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री डिस्चार्ज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज प्रधानमन्त्री निवास बालुवाटार फिर्ता भएका छन् । उनी यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना भएका थिए । “सेन्टरमा उपचाररत प्रधा...

बहुचर्चित गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले पाए सफाइ

बहुचर्चित गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले पाए सफाइ
-हृदयेन्द्र अनुरागी काठमाडौँ । भरतपुर महानगरको वडा नं ९ मा रहेको गोन्द्राङ ढाट प्रकरणका नौ आरोपितले सफाइ पाएका छन् । २०७६ जेठ ३ गते ढाट स्थानान्तरण गर्नुपर्ने विषयमा आक्रोशित पूर्वी चितवनका स्थानीय तथा व्यवसायीहरुले ढाटमा आगजनी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनमा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो । उक्त घटनामा दोषी रहेको भन्दै ठाटका ठेकेदार अमृत...

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष...