सरकारले न्यायालय र सञ्चार क्षेत्रको अधिकार खोस्यो : देउवा

सरकारले न्यायालय र सञ्चार क्षेत्रको अधिकार खोस्यो : देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन् । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसनको वार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक परिषद्लाई पनि कठपुतली बनाउन खोजेको बताए । उनले कास्कीमा लामो समय योगदान गरेका नेता खेमराज पौडेललाई जिताउन पनि सबैसँग आग्रह गरे ...

श्रीमतीसँग अनैतिक सम्बन्ध राख्नेको हत्या गर्नेलाई जन्मकैद

श्रीमतीसँग अनैतिक सम्बन्ध राख्नेको हत्या गर्नेलाई जन्मकैद
ओखलढुङ्गा । जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए । दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी श्रीमत...

आजदेखि सीमा नाका बन्द

आजदेखि सीमा नाका बन्द
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ...

भारतविरुद्ध ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : बिजुक्छे

भारतविरुद्ध ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : बिजुक्छे
काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले सरकारले सीमा अतिक्रमण बारेको मुद्दालाई बेलैमा अन्तर्राष्ट्रिय अदालत र सुंयक्त राष्ट्र संघमा लैजान नसकेको भन्दै ३५ दिनभित्र सरकारले यो विषय उक्त स्थानम...

मुलुकलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई जिताउनुपर्छ : नेता कोइराला

मुलुकलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई जिताउनुपर्छ : नेता कोइराला
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताएका छन् । पोखरा–९ मा आज कांग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र संघीयता मास्न सरकार नै उद्धत रहेको उल्लेख गरे । विकास निर्माणबारे नेता कोइर...

अब जनतालाई ढाँटेर नेता बन्न सकिँदैन : नेत्री भट्टराई

अब जनतालाई ढाँटेर नेता बन्न सकिँदैन : नेत्री भट्टराई
पोखरा । कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी मैदानमा उत्रिएकी नेकपा उम्मेदवार विद्या भट्टराईले अब जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसकिने बताएकी छन् । विज्ञान र प्रविधिको विकासले हरेक काम तत्काल सबैलाई थाहा हुने भएकाले अब जो कोही पनि जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसक्ने भन्दै उनले पारदर्शी राजनीतिबाट मात्र राजनेता बन्न सकिने ...

उच्च अदालतद्वारा महराको कैफियत प्रतिवेदन माग

उच्च अदालतद्वारा महराको कैफियत प्रतिवेदन माग
काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन माग गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले आज निवर्तमान सभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउनुका कारणबारे कैफियत प्रतिवेदन माग गरेको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए । निवर्तमान सभामुख महराले जिल्ला अदालतको थ...

काँग्रेसको कार्यक्रममा कम्युनिष्ट नेताले भने “पार्टी फरक भएपनि स्वः गिरिजा प्रसाद कोईराला सबैको नेता हो”

काँग्रेसको कार्यक्रममा कम्युनिष्ट नेताले भने “पार्टी फरक भएपनि स्वः गिरिजा प्रसाद कोईराला सबैको नेता हो”
महेश पाण्डे चितवन । गिरिजा प्रसाद कोईराला फाउन्डेसन चितवनद्धारा १४ औं बृहत शान्ति सम्झौता दिवसको अवसरमा बिहिबार रत्ननगरमा आयोजित “बाह्रबुदे सहमति, शान्ति सम्झौता र गिरिजा प्रसाद कोईराला” बिषयक प्रवचन कार्यक्रममा उपस्थित नेकपाका नेताले गिरिजा बाबुलाई सम्झिदा देखिएको माहोल हेर्न लाएकनै थियो । उनि थिए नेकपाका नेता तथा प्रदेस नं. ३ का सांसद कृष्ण खनाल । खनालले गिरिजा प्रसाद कोईराल...

मन्त्री पदबाट बाहिरिँदै विष्टले भने, “श्रमजीवीको पक्षमा लडिरहनेछु”

मन्त्री पदबाट बाहिरिँदै विष्टले भने, “श्रमजीवीको पक्षमा लडिरहनेछु”
काठमाडौँ । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा लडिरहने प्रण गरेका छन् । मन्त्री पदबाट बाहिरिएपछि मन्त्रालयमा बिहीबार आयोजित बिदाइ कार्यक्रममा उनले सरकार बदलिने र मन्त्रिमण्डल फेरबदल स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै आफू देश र जनताको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरे । “...

कर्मचारी प्रशासनलाई चलायमान बनाउँछु : हृदयेश त्रिपाठी

कर्मचारी प्रशासनलाई चलायमान बनाउँछु : हृदयेश त्रिपाठी
काठमाडौँ । नवनियुक्त संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती क्षेत्रमा नीतिगत र संरचनागत समस्या रहेकाले त्यसलाई हल गर्दै कर्मचारी प्रशासनलाई चलायमान बनाउने बताएका छन् । आफ्नो मन्त्रालयमा आज कार्यभार सम्हाल्दै मन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा मनोवैज्ञानिक समस्या रहेको बताए । मन्त्री त्रिपाठीले भने, “निजामती ऐन विचाराधीन छ, त्यो टुंगिएपछि ध...