बसबाट यात्रुको एक लाख नगद चोर्ने पक्राउ

बसबाट यात्रुको एक लाख नगद चोर्ने पक्राउ
भद्रपुर । बसबाट रु एक लाख नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले आज चारआलीबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा– विर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दैै गरेकी अर...

जापान विकासको प्रमुख साझेदारः राष्ट्रपति भण्डारी

जापान विकासको प्रमुख साझेदारः राष्ट्रपति भण्डारी
टोकियो । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताएकी छन् । राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालीलाई दुःख पर्दा असल र भरपर्दाे मित्रका रुपमा जापानले सघाएको उल्लेख गरिन् । उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज...

नेपाल विदेशीको दबाब र प्रभावमा छैन : परराष्ट्रमन्त्री

नेपाल विदेशीको दबाब र प्रभावमा छैन : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र संघको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कु...

एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण

एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो । काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य ...

नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ

नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई आज बिहान पक्राउ गरेको हो । घरको एकतला भाडामा लिएर नक्कली नोट छाप्दै गरेकाबखत उनीहरुला...

अमेरिकामा चौथो ग्लोबल नेपाली फिल्म अवार्ड हुदै, “नेपाली सिनेमा, भिलेज टु ग्लोबल” कार्यक्रमको नारा

अमेरिकामा चौथो ग्लोबल नेपाली फिल्म अवार्ड हुदै, “नेपाली सिनेमा, भिलेज टु ग्लोबल” कार्यक्रमको नारा
महेश पाण्डे काठमाण्डौ । अमेरिकामा यस वर्ष पनि चौथो ग्लोबल नेपाली फिल्म अवार्ड हुने भएको छ । आईतबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यहि नोवेम्भर ३० देखि डिसेम्बर १ सम्म सांझ ६ बजे देखि बकर्लिको यु सी थिएटरमा हुनेछ । जुन थिएटरमा नेपाली कार्यक्रम हुन लागेको पहिलो पटक हो जहा अमेरिकाका ख्याती प्राप्त कलाका...

चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क, बढी शुल्क लिनेलाई कारबाही गर्ने निर्णय

चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क, बढी शुल्क लिनेलाई कारबाही गर्ने निर्णय
काठमाडौँ । चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले ‘बोल्ड’ निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगले आज ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क तोकेको छ । तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारबाही गर्ने आयोगले निर्णय गरेको छ । आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क तोकेको छ । यस्तै...

गोर्खा ब्रुअरी कर विवादमा क्षेत्रधिकार मिचेर आदेश गर्ने न्यायाधीश बर्खास्त

गोर्खा ब्रुअरी कर विवादमा क्षेत्रधिकार मिचेर आदेश गर्ने न्यायाधीश बर्खास्त
काठमाडौँ । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले गोरखा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । परिषद्ले सो विवादमा छानबिन समिति गठन गरेक...

जनताको विश्वासलाई आत्मसात् गरौँ : प्रचण्ड

जनताको विश्वासलाई आत्मसात् गरौँ : प्रचण्ड
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनताले दिएको विश्वासलाई डगमगाउन नदिने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई आज निर्देशन दिएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा शुरु भएको प्रदेशस्तरीय स्थानीय निकायमा नेकपाबाट निर्वाचित पार्टीका जनप्रतिनिधिको विषेश प्रशिक्षण कार्यक्रमको उद्घाटनमा अध्यक्ष प्रचण्डले निर्वाचनका बेला ज...

जनताका मन जित्ने काम गर्न जनप्रतिनिधिलाई देउवाको निर्देशन

जनताका मन जित्ने काम गर्न जनप्रतिनिधिलाई देउवाको निर्देशन
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधिलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन् । मध्यपुरथिमिको बोडेमा कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आजबाट सुरु गरेको...