नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो छोनाम (न्वागी) पर्व
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाएको हो । कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर स्थित बगर बजारमा भेला भई नाचग...









