x47f10576dbc00f482267d91a9827aa16_L.jpg.pagespeed.ic.xHCNkwWvvWवीरगञ्ज- वीरगन्जसंग जोडिएको भारतीय सिमावर्ती सहर रक्सोस्थित इण्डियन आयल कर्पोरेशन (आइओसी)को डिपोले नेपाली ट्यांकरहरुलाई १ सय ४० दिनपछि तेल भर्ना सुरु गरेको छ।सोमबार दिउँसो २ बजेदेखि नेपाली ट्यांकरलाई ‘फिलिङ इन्भ्वाइस’ (तेल भर्ने पुर्जी) जारी भइसकेर तेल भर्न सुरु भएको नेपाल आयल निगमको पथलैयास्थित क्षेत्रीय कार्यालयका निर्देशक भानुभक्त खनालले जानकारी दिए। यता सिमास्थित इनर्वा प्रहरी चौकीको रेकर्ड अनुसार सोमबार दुई बजेसम्म ३४ वटा नेपाली ट्यांकर तेल लिनका निम्ति रक्सोलतर्फ गएका छन्। पहिलेदेखि करिब दर्जन ट्यांकर रक्सोलमा थिए। खाली ट्यांकरहरु यताबाट जाने क्रम साँझ सम्म जारी छ। भरिएका ट्याकर साँझ अबेरसम्म आउने अन्दाज गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। ‘तेल भरिदैछ, २० वटाजति आज (सोमबार) आउने अनुमान गरिएको छ,’ उनले नागरिकलाई भने, ‘डिजेल, पेट्रोल र हवाई इन्धन सबै खाले तेल भर्न लागिएको जानकारी दिउँसो नै आएको थियो।अवरुद्ध बनेको वीरगन्ज नाका शुक्रवार खुलेपछि इन्धन आयात फेरी सुरु भएको हो। यसअघि शनिवार एउटा डिजेल ट्यांकर र दुई ग्यास बुलेट भित्रिएका थिए।

 

तपाईको प्रतिक्रिया