कास्की । जीबनाथ भट्टराई बिस. २००५ साल चैत ११ गते बिहिवारका दिन रुपा गाउँपालिका वडा नं. ७ डाङ्गसी मराङ्गमा बुवा नारायणदत्त भट्टराई र आमा सुकुमाया भट्टराईको कोखबाट जन्मिएका हुन । उनी सानै उमेरदेखि समाजसेवा र राजनितिमा लागेका हुन । उनी भन्छन, २२ बर्षको उमेरदेखि बामपंथी बिचारधाराबाट मोहित भएर तत्कालीन नेकपा एमालेको गाउँकमिटी सचिब भएर काम गरेको बताए ।

यसैगरी दुई अबधी जिल्ला कमिटी सदस्य, एक अबधी जिल्ला सल्लाहकार भइ समाजसेवामा नै आफ्नो जीवन बितेको बताउछन् । समाजसेवी भट्टराईका अनुसार, धेरै दुख अनि कष्ट भोगेर समाज सेवा तथा राजनीतिका क्षेत्रमा होमिएको र यस क्षेत्रमा सानै उमेरदेखिको रुचि रहेको बताए । यस धर्तीमा जन्म लिइएपछि देश र समाजको लागि केहि गर्नुपर्छ भन्ने धारणा बोकेर यस क्षेत्रमा लागेको बताए । यस क्षेत्रमा लाग्दा, बिगतमा विभिन्न पटक प्रहरीको हिरासतमा रहेको र हिरासतमा रहदा शारीरिक यातना जस्ता सजायहरु भोगेको अनुभव बताए । सुगर प्रेसर, थाइराइड, युरिक एसिड, र मुटु रोगबाट समेत पीडित रहेका समाजसेवी भट्टराई यसरी विभिन्न समयमा नब प्रतिभा प्राबिको अध्यक्षमा ३ बर्ष, इन्द्रेणी प्राबिको अध्यक्षमा ३ बर्ष, रामकोट उच्च माबिको ब्यबस्थापन समितिको अध्यक्षमा ३ बर्ष, सग्रबास कोइलीनीको उपभोक्ता समितिको अध्यक्षमा ५ बर्ष, र सग्रबास कोइलीनी बाटो उपभोक्ता समितिको अध्यक्ष ५ बर्ष गरी अहिले विभिन्न संस्थामा सल्लाहकारको रूपमा काम गरेको बताउछन् ।

तपाईको प्रतिक्रिया