हरी नेपाली, युएई
नेपाल पत्रकार महासंघ युएई शाखाद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम २९ जुलाई २०१६ मा बर दुबईमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राजदुतावास युएईका लागि कार्यबहाक राजदुत तथा पुर्वउपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठसँगको परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गर्ने उद्देश्यकासाथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले आफु युएई र जापानमा कार्यबहाक राजदुत रहदा, फ्रान्स, ग्रिस र पोर्चुगल, पेरुमा कुटनैतिक निकायमा रहदा भोगे गरेका अनुभवहरु राखेका थिए । नेपाल सरकार र युएई सरकारको कुटनैतिक सम्बन्ध, नेपाल सरकारको परराष्ट्र नीतिको बारेमा प्रष्ट पारेका थिए । उनले आफ्नो ३१ बर्षै अनुभवलाई समेटदै प्रकाशन गरेको पुस्तक कुटनीतिमा तीन दशकको बारेमा बोल्दै आफ्ना रमाइला र समस्या ग्रस्त घटनाहरु पनि राखेका थिए ।
कार्यक्रममा उपस्थित बक्ताहरुले नेपालको परराष्ट्र नीति र बैदेशिक रोजगारीका देखीएका समस्याहरुको बारेमा राखेका थिए । भने कसरी निकायलाई जिम्मेबार बनाउन सकिन्छ भन्ने पनि छलफल भएको थियो । साथै प्रमुख अतिथि श्रेष्ठले कार्यक्रममा उपस्थित संस्था प्रमुखहरुलाई आफुद्वारा लिखित पुस्तक कुटनीतिमा तीन दशक उपहार स्वरुप हस्तान्तरण गरेका थिए ।नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यबहाक अध्यक्ष लक्ष्मण खनालको अध्यक्षता रहेको उक्त अन्र्तक्रिया कार्यक्रममा विशेष अतिथिहरुमा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा र नेपाल पत्रकार महासंघ युएई शाखाका केन्द्रिय पार्षद भुपराज वस्याल रहेका थिए । अतिथिहरुमा एनआरएनए युएईका सचिव भुपति न्यौपाने , जनजाति महासंघ युएईका अध्यक्ष डेरराज तमु, गोर्खा सेवा समाज युएईका अध्यक्ष विनोद श्रेष्ठ क्रान्ति, धादिङ्ग समाजका अध्यक्ष भिम अधिकारी, अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खड्का, स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष कृष्ण न्यौपाने, अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएईका ग्लोबल प्रतिनीधि आशिष पुरुष, व्यवसायी सुर्य गिरी लगायत युएईमा क्रियाशिल नेपाली पत्रकारहरु उपस्थित रहेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ युएई शाखाका सहसचिव हरी नेपालीले सञ्चालन गरेका थिए ।