महेश पाण्डे
५ भाद्र, बाग्लुङ्ग
नेपालीको आवाज अनलाईन न्युज डेस्क

गत असार २० गते सोमबार बिहान १० बजेको एअर अरेबियाको जहाजबाट नेपालबाट साउदी अरबको दमाम जादै गर्दा बाग्लुङ्ग नगरपालिका वडा नं. १० का ३४ वर्षका युवा सम्मर बहादुर किसनको जहाजमानै निधन भयो । निधन भएपछि एअर अरेबियाको जहाज ओमानमा ल्याण्ड गरि उनको मृत शरिरलाई त्यहि छोडी आफ्नो गन्तव्यमा उड्यो । तर मृत शरिर त ओमानमा भयो तर उनीसंग हुुनुपर्ने महत्वपुर्ण कागजपत्र पोसपोर्ट त्यहि बाट हराउछ वा गाएव भयो । त्यसैकै कारण उनको मृत शरिर नेपाल ल्याउन समस्या भईरहेको छ । युनीक ओभरसिजबाट करिब १४०० रियल तलब खाने सहमतीमा उनि दमामको लागि उडेका थिए । मृतक किसनका एक श्रीमती, दुई जना १५ र ३ वर्षका छोरा छन् भने १६ वर्षकी एक छोरी छीन् ।
परिवारको सपना पुरा गर्न साउदी उडेका किसन अब कहिलै नआउनेगरि अस्ताएपछि अहिले परिवार बिक्षीप्त अवस्थामा छ । हामी त्यहा पुग्दा परिवारको अवस्था देख्दा माहोल निकै भावुक बनाउने खालको थियो ।
बांकी भिडीयो बाटनै ।

तपाईको प्रतिक्रिया