३१ भाद्र, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क

गरिब र जेहेन्दार बिधार्थीहरुलाई लक्षित गरि समय र पैसाको बचत होस् भन्ने मनसायले बिज्हब आइटी सर्भिस प्रा.लि. ले नेपालमै पहिलोपटक घरमै बसेर अध्यन गर्न मिल्ने व्यबस्थाको साथ www.ottish.com नामको प्लेटफर्म मार्फत विभिन्न विधाका अनलाईन तयारी कक्षाहरु संचालन गरेको जानकारी दिएको छ | संस्थाका प्राबिधिक निर्देशक सन्तोष भट्टराईले हामीलाई जानकारी दिए अनुसार उक्त प्लेटफर्मले पढ्न चाहने तर समय र पैसाको अभावमा गुणस्तरीय पढाई पढ्न नपाएका जेहेन्दार बिद्यार्थीहरुले उक्त अनलाइन सेवा मार्फत आफ्नो नाम र इमेल दर्ता गराई इन्टरनेटको सुबिधा रहेको ठाउँ बाट मोबाइल तथा कम्प्युटर को सहायतामा अनुभवी प्रशिक्षक हरुबाट उच्च स्तरका तयारी कक्षाहरु सहुलियत दरमा घरमै बसी बसी लिन पाउने गरि सुबिधा प्रधान गर्नेछ | अटिस डट कम ले नेपालमा विभिन्न विधाका तयारी कक्षाहरु जस्तै भाषागत, शैक्षिक, ब्यबसायिक एबं प्राबिधिक तथा वृत्ति विकास संग सम्बन्धित कक्षा हरु एकैठाउ बाट पढ्न पाउने गरि अनलाइन प्रबिधि मार्फत पढाई गराउने सुबिधा यस यहि भाद्र १५ गते पश्चात सुचारु गर्दै आएको छ र यस बाट बार्षिक करिब एक लाख भन्दा बढी बिद्यार्थी हरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ | यस सम्बन्धि परिचयात्मक भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गरेर हेर्न सक्नुहुनेछ |

तपाईको प्रतिक्रिया