चितवन । चितवनको रत्ननगरमा रहेको सस्तो फर्नीचर आफ्नै भवनमा सरेको छ । रत्ननगर–२, टांडीमा बिगत १० वर्ष देखि सञ्चालनमा रहेको फर्निचर रत्ननगर–३ बिद्युत रोडमा करिब १ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा सोरुम बनाई सरेको आईतबार पत्रकार भेटघाट गरि संस्थाका प्रबन्ध निर्देशक अनिल अधिकारीले जानकारी दिए ।

सोरुममा सबैखाले साना ठुला संस्थाका लागि आवश्यक रहेको घरायसी, अफिस, अस्पताल, रेष्टुरेन्ट लगाएतका ठाउंमा आवश्यक पर्ने फर्निचरहरु उपलब्ध रहेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नेपालीको आवाज डट कम जानकारी दिए ।

सस्तो फर्नीचरले दशै तिहारको अवसरमा कुनैपनि सामानको खरिदमा हातखाली नजाने पुरस्कार साथै १५ % भन्दा बढिको छुट दिईरहेको संस्थाका निर्देशक अञ्जन अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया