
महेश पाण्डे
काठमाण्डौ । एनआरएनए को मतदान प्रक्रिया अन्तत शुरु भएको छ । बुधवार साझ करिब ८ बजेपछि बिद्युतीय मेसिनको प्रयोग गरि मतदान शुरु गरिएकोमा मेसिनमा केहि प्रावीधिक समस्या आएपछि मतदान आज (बिहीबार) बिहान १० बजेसम्मको लागि सरेको थियो । सोहि अनुशार मतदान शुरुभएको हो । मतदान बिहान १० बजे शुरुहुने भएपछि मतादाताहरु बिहानदेखिनै लाईनमा बसेका छन् । नाम दर्ता देखिनै भद्रगोल देखिएको यसपालीको नवौं अधिवेशन निकै अव्यवस्थीत देखिएको छ । यसपालीको चुनावमा कुमार पन्त र कुल आचार्य प्यानलनै बनाएर मैदानमा होमीएका छन् । जसबाट दुबै समुह राजनितिको दुई ध्रुवमा बाडिएको प्रष्ट देख्न सकिन्छ ।
यसैबिच
गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ ।
बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो । कागजी प्रक्रियाबाटमतदान शुरु भएको छ ।
अन्ततः शुरु भयाे NRN काे मतदान प्रक्रिया
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Mittwoch, 16. Oktober 2019