काठमाडौँ । उच्च शिक्षा हासिल गर्नका लागि विदेश जाने विद्यार्थीको पछिल्लो रोजाइ युके बनेको छ । यसअघि अस्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइमा परेकोथियो तर, बीचमा अस्ट्रेलियन भेट कलेजहरुमा देखिएको समस्याका कारण विद्यार्थीहरु अन्यत्र मोडिन थालेका छन् ।
बेलायतले सन् २०२० बाट विदेशी विद्यार्थीलाई अध्ययनका लागि आउने बाटो सहज बनाइदिएको कारण नेपाली विद्यार्थीहरुको रोजाई अस्ट्रेलियाबाट यूकेतिर डाइभर्ट भएको शैक्षिक परामर्श व्यवसायीहरु बताउँछन् ।
‘अस्ट्रेलियाको शिक्षा विश्वकै उत्कृष्ट शिक्षा भए पनि केही समययता अस्ट्रेलियाले भिसामा कडाइ गरेका कारण विद्यार्थी अन्यत्र मोडिएका हुन् । तर पनि नराम्रो अवस्था भने छैन ।’ एक कन्सल्टेन्सी सञ्चालक भन्छन् ।
एक वर्षअघिसम्म अस्ट्रेलियाका लागि विशेष परामर्श गर्दै आएका उनले अहिले यूकेलाई प्रोत्साहन गरिरहेका छन् । ‘अस्ट्रेलिया अझै पनि विद्यार्थीको रोजाइमा छ तर, भिसा पहिलेको जस्तो छैन ।’ उनी भन्छन् ।
यूकेमा अध्ययन पूरा गरेपछि २ वर्षको वर्किङ भिसा अप्लाई गर्न पाउने भएपछि विदेशी विद्यार्थीको मोह बढेको हो । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टरिजा मेले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन पूरा गरेको चार महिनाभित्रै बेलायत छाड्नु पर्ने नियम लगाएकी थिइन् । यसले त्यसबेला उच्च शिक्षाका लागि बेलायत गएका धेरै नेपालीलाई समेत असर गरेको थियो ।
गत सेप्टेम्बरमा घोषणा गरिएको नयाँ नियमले विदेशी विद्यार्थीलाई बेलायत प्रवेश गर्ने ठूलो अवसर सृजना गरेको शैक्षिक परामर्श व्यवसायीको धारणा छ । ‘यूकेको शिक्षा विश्वकै उत्कृष्ट शिक्षा हो भन्नेमा दुइमत छैन । विगतमा नेपाली विद्यार्थीलाई यूके प्रवेशमा समस्या थियो । तर, दूई महिना अघि बेलायती सरकारले विदेशी विद्यार्थीलाई प्रवेशको बाटो सहज बनाइदिएको छ ।’
यूकेलाई नै केन्द्रित गरी शैक्षिक परामर्श गर्दै आइरहेको राइटपाथ करियर काउन्सेलिङका संस्थापक सिइओ फिलिप डिसी भन्छन्–‘यूकेले विदेशी विद्यार्थीले अध्ययन पूरा गरेपछि २ वर्षे वर्क परमिट भिसा समेत दिने भएको छ । यसले यूके गएर उच्च शिक्षा अध्ययन गर्ने चाहना भएका विद्यार्थीलाई ठूलो अवसर सृजना गरेको छ ।’
फिलिप डिसीका अनुसार राइटपाथबाट मात्रै गएको इन्टेकमा युके अध्ययनका लागि जाने विद्यार्थीको संख्या दर्जनौं छ । यूकेले अन्तराष्ट्रिय विद्यार्थीका लागि आफ्नो नीति खुल्ला बनाउँदैछ भनेर जानकारी पाए लगत्तै यूकेका लागि काम थालेका उनीसँग यूकेका टप युनिभर्सिटी र कलेजहरु छन् ।
‘जो विद्यार्थी जेन्युन छ, जसको शैक्षिक योग्यता राम्रो छ ती विद्यार्थीलाई यूके अध्ययन गर्न जान सहज भएको छ । हामीसँग यूकेका टप युनिभर्सिटी र कलेज छन् ।’ डिसी भन्छन् ।
उनले अहिले यूकेलाई नै प्रमोट गरी विभिन्न शैक्षिक सेमिनार समेत गरिरहेका छन् । जहाँ यूकेका विश्विद्यालय र कलेजबाटै प्रतिनिधि आएर विद्यार्थीलाई काउन्सेलिङ गरिरहेका छन् ।
राइटपाथले आज शुक्रबार काठमाडौँ, शनिबार चितवन र आइतबार हेटौँडामा ‘स्टडी इन यूके ग्राण्ड सेमिनार’ पनि गर्दैछ । उक्त सेमिनारमा यूकेको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटि अफ हुडरसेफिल्डका प्रतिनिधिबाटै विद्यार्थीलाई काउन्सेलिङ गर्ने कार्यक्रम छ । यस विश्वविद्यालयले अंग्रेजी माध्यमबाट कक्षा १२ उत्तिण गरी ६० प्रतिशत अंक ल्याएका विद्यार्थीको हकमा आएल्स नगरे पनि भर्ना लिने छ । यसका अलावा तीन लाखको छात्रवृत्तिसमेत दिने भएको छ ।
यूकेको शैक्षिक अवस्था, त्यहाँको शिक्षा प्रणाली, कलेजहरुको अवस्था तथा भिसा प्रक्रियाका बारेमा विद्यार्थीहरुलाई आफ्नै घरदैलोमा जानकारी दिने उद्देश्यले सेमिनारको आयोजना गरिएको राइटपाथको दाबी छ ।
अहिले युकेको शिक्षाका बारेमा विद्यार्थीमा जिज्ञासा रहेकामा यूकेकै विश्वविद्यालयका प्रतिनिधिबाटै प्रत्यक्ष रुपमा जिज्ञासा मेटाउन सेमिनार गरिएको राइटपाथका म्यानेजिङ डाइरेक्टर सुरज पौडेलले बताए ।
राइटपाथको सेमिनारमा विद्यार्थीले यूकेको शिक्षा प्रणाली, विश्वविद्यालय र कलेजहरुको जानकारी मात्र पाउँदैनन्, त्यहाँ जानका लागि के कस्तो तयारी गर्ने, शैक्षिक, आर्थिक अवस्था कस्तो हुनुपर्छ, भिसा प्रक्रिया कस्तो छ, छात्रवृत्ति छकि छैन, रोजगारीका अवसर कसरी पाइन्छ, त्यहाँको कानुन कस्तो छ समेत विज्ञ तथा मान्यताप्राप्त काउन्सलरबाट पाउन सक्छन् ।
पछिल्लो समय राइटपाथ भनेकै यूकेकै लागि भन्ने विद्यार्थी अभिभावकमा परेको सिइओ फिलिप डिसीको भनाइ छ । ‘हामी यूकेका लागि ब्राण्ड बनेका छौं, त्यो ब्राण्डलाई जोगाउन पनि विद्यार्थीलाई जेन्युन काउन्सेलिङ गर्दै उनीहरुको अर्बोड स्टडीको सपना साकार पार्न लागिरहेका छौं ।’ उनले भने ।